शेयर बजारमा ७ अंकको गिरावट



काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्सेम गिरावट आएको छ । बिहीबार नेप्से सात दशमलव ३१ अङ्कले घटेर एक हजार नौ सय ९८ दशमलव ९६ विन्दुमा झरेको हो ।

आज माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज पिपुल्स पावर कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार घटेको दिन समता घरेलु लघुवित्त, इन्फिनिटी लघुवित्त र साधना लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज तीन सय आठ वटा कम्पनीका ९४ लाख ९८ हजार कित्ता शेयर चार अर्ब १३ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्स कम्पनीको २८ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बन्दीपुर केवलकार व्यावसायिकरुपमा सञ्चालन

  डुम्रे (तनहुँ) । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केवलकारबाट सहज

विनियोजन विधेयकमाथि खर्च कटौतीका लागि कुन सांसदका कस्ता प्रस्ताव ?

  काठमाडौँ ।  प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न तीनवटा मन्त्रालयको

खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने

काठमाडौँ । ‘पिपुल्स इनर्जी लिमिटेड’ले निर्माण गरिरहेको खिम्ती–२ जलविद्युत् आयोजनाको शेयर प्रत्याभूति व्यवस्थापन

नवलपरासीपूर्वका किसानलाई चैतेधान भित्र्याउने चटारो

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसानलाई हाल चैतेधान भित्र्याउन भ्याइनभ्याइ छ ।