श्री एयरलाइन्सले भित्र्यायो दुई जहाज



 

काठमाडौँ । निजी क्षेत्रको श्री एयरलाइन्सले थप दुई जहाज भित्र्याएको छ ।  एयरलाइन्सले मंगलबार ८० सिट क्षमताका दुई जहाज काठमाडौँ अवतरण गराएको हो ।

एयरलाइन्सले क्यानडाको डी हाभिलैण्ड अफ क्यानडाद्वारा निर्मित ‘ड्यास एट’ जहाज ल्याएको छ । ती जहाजको कलसाइन नाइनएन–एओके र नाइनएन–एओएल रहेको श्री एयरलाइन्स लिमिटेडका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । ती जहाज यसअघि अमेरिकाको होराइजन एयर र अलास्का एयरले उडाएको थियो ।

थपिएका दुवै जहाज नेपाल नागरिक उड्डयन प्राधिकरणको  प्रक्रिया पूरा गरेर चाँडै व्यावसायिक उडानमा लगिने संस्थागत प्रबन्धक मानन्धरले जानकारी दिए । योसँगै श्री एयरलाइन्ससँग अब १० जहाज उपलब्ध  छन् । कम्पनीका हाल आठ हेलिकोप्टर पनि सञ्चालनमा छन् ।

श्रीएयरलाइन्सले सन् २०१७ देखि ५० सिट क्षमताका दुई सिआरजे २०० तथा ७० सिट क्षमताको दुई आर जे ७०० जेट विमानबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन थालेको हो । सन् २०१९ देखि दुई तथा सन् २०२२ देखि थप दुई ८० सिट क्षमताका जहाज ल्याएको उक्त कम्पनीले जहाज थपेर उडान गन्तव्य विस्तार गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तराईको गर्मीमा पनि लटरम्म स्याउ

कैलाली । तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म लाग्नसक्छ, तर कैलालीको

सुनको मूल्य प्रतितोला एक लाख ४० हजार

  काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । नेपाल

वीरगञ्ज सुक्खा बन्दरगाहबाट १० महिनामा ४० अर्ब ८३ लाख राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा

बिजुलीका पोलमा रहेका उपकरण ६ महिनाभित्र हटाउन प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिजुलीका पोलमा रहेका संरचना तथा उपकरण हटाउन सरोकारवालालाई