शेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं । शेयर बजार नेप्से बिहीबार दोहोरो अंकले घटेको छ । बिहीार नेप्से २० दशमलव १६ अङ्कले घटेर एक हजार आठ सय ७४ दशमलव ६० विन्दुमा झरेको छ आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा होटल र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

यो हप्ताको एक दिन सामान्य बढे पनि बाँकी चार दिन शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे भयो । आइतवारदेखि बिहीवारसम्म नेप्से ८२ अङ्कभन्दा धेरैले ओरालो लागेको छ । आज सबैभन्दा धेरै सिटी होटलको शेयर नौ प्रतिशत तथा बाराही हाइड्रो र बलेफी हाइड्रोपावर कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार राताम्मे भएको दिन आज भगवती हाइड्रो, मध्य सोलु हाइड्रो र हाथवे इन्भेस्टमेन्ट कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । ७५ लाख ५८ हजार कित्ता शेयर एक अर्ब ७० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको प्रमोटर शेयर १६ करोड ३८ लाख रुपैयाँमा किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा ४५ अंकको बृद्धि

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से उच्च अंकले बढेको छ

दश महिनामा मेची भन्सारद्वारा ११ अर्ब ५९ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा ११

बाघखोरलाई घरबास गाउँ घोषणा

त्रिवेणी । नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती–१५, बाघखोरलाई घरबास गाउँ घोषणा गरिएको छ

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ४० हजार नौ सय रुपैयाँ 

काठमाडौँ ।  आइतबार सुनको मूल्य तोलामा  एक हजार ६ सय रुपैयाँले वृद्धि भएको