दाङका किसानले लगाएको धानमा ‘कालो पोके’ रोग



तुलसीपुर । दाङका किसानले लगाएको धानमा कालो पोके रोग देखा परेको छ । हाइब्रिड ‘युएस ३१२’ जातको धान लगाएका सबै किसानको बालीमा कालो पोके रोग देखा परेको हो । यो रोग लागेपछि धानका बोट कालो पोको हुने र धानको गेडा नष्ट गर्ने गर्दछ । यसले उत्पादन घट्ने भएपछि किसान चिन्तित बनेका छन् ।

‘धानमा कालो पोके रोगले सताएको छ । फलेका गेडामा कालो पोके लागेको छ’, दङ्गीशरण-४ का थम्मनबहादुर रेउलेले भने, ‘यो वर्ष उत्पादन घट्ने भयो ।’ यसअघिका वर्षमा युएस ३१२ जातको धान उत्पादन बढी हुने र रोग पनि नलाग्ने भएकाले यसवर्ष पनि यही लगाइएको उनको भनाइ थियो ।

‘यो धानले धेरै उत्पादन दिने भएकाले धेरै किसानको रोजाइमा पर्ने गर्दछ । यस वर्ष हावापानी नमिल्दा यसरी नै धोका खानुपर्‍यो’, स्थानीय जयलाल वलीले भने, ‘धेरै उत्पादन हुन्छ भनेर यही धान लगाएका हौँ । यस वर्ष समयमा पानी नपर्दा, मौसममा आएको परिवर्तनलगायत कारण होला यसरी रोग लागेको छ ।’ बालीमा रोग लागेपछि यहाँका सबै किसान चिन्तित बनेका उनको भनाइ थियो ।

कालो पोको बीउबाट लाग्ने रोग भएकाले अब उपचार गर्न सम्भव नभएको दङ्गीशरण गाउँपालिकाका प्राविधिक सहायक मानबहादुर डाँगीले बताए । किसानलाई एग्रोभेटबाट हाइब्रिट बीउ भन्दा उन्नत जातको बीउ प्रयोग गर्न पटकपटक भन्ने गरिए पनि उनीहरुले हाइब्रिट बीउले धेरै उत्पादन दिन्छ भनेर लगाएको उनले बताए । आगामी वर्ष हाइब्रिट बीउ नलिने र लिए पनि उपचार गरे/नगरेको प्रष्ट भएर मात्रै लिनुपर्ने उनको भनाइ थियो ।

‘हाइब्रिट जात कुनै पहाडतिरका लागि बनाइएको हुन्छ । त्यही धान तराईमा लगाउँदा यस्तो समस्या देखिन सक्छ’, डाँगीले भने, ‘नेपालमै सूचीकृत नगरिएका बीउ पनि किसानले लगाउने गरेका छन् ।’

उनका अनुसार जिल्लामा फड्के कीराले पनि धान बालीमा असर गरेको छ । दङ्गीशरणमा मात्रै दुई हजार छ सय ३१ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको गाउँपालिका कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ४० हजार नौ सय रुपैयाँ 

काठमाडौँ ।  आइतबार सुनको मूल्य तोलामा  एक हजार ६ सय रुपैयाँले वृद्धि भएको

अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुने

वागमती । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम शीघ्र प्रारम्भ

दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान

कञ्चनपुर ।  कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईंकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठा

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपुर (नवलपरासी) । जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा निर्वाचित