राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक



काठमाडौँ । नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना उपकरण मर्मत गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गरेको छ ।

महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ को बिक्री वितरण सुरु गरेको छ । महाशाखाको कार्यालयमा आइतबार आयोजित संक्षिप्त कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले सिक्का सार्वजनिक गरे ।

महाशाखाले दस ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का बिक्री सुरु गरेको हो । दस ग्राम सिक्काको एक हजार छ सय र २५ ग्राम सिक्काको चार हजार निर्धारण गरिएको छ । बैंकसँग मौज्दात रहेको चाँदीलाई लगाएर मेडालियन सिक्का टकमरी गरिएको जानकारी टक्सार महाशाखाले दिएको छ ।

दुवै सिक्कामा नौ सय ९९ टचको चाँदी प्रयोग गरिएको छ । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ । सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ ।

बैंक सञ्चालक समितिको गत जेठ १९ गते बसेको बैठकले दस ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनास्लु क्षेत्रमा पर्यटक शुल्कमार्फत दुई करोड ५० लाख राजस्व सङ्कलन

गोरखा ।  प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न

वैशाख मसान्तसम्म मुलुकको व्यपार घाटा ११ खर्ब ७७ अर्ब

  काठमाडौँ ।  चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब

२७ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से दोहोरो अङ्कले बढेको छ

आठ खर्ब ५३ अर्ब लागतका आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी

काठमाडौँ ।  सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भियुसिएल)ले झण्डै आठ खर्ब ५३ अर्ब