यो साता सात अर्ब ३६ करोड भन्दाबढीको कारोबार



काठमाडौँ । यो हप्ता शेयर कारोबार मापक नेप्से परिसूचक पहिलो दिन उच्च अङ्कले घटी बाँकी तीन दिन लगातार बढेर बन्द भएको छ । यो साता कूल चार दिनको कारोबारमा रू सात अर्ब ३६ करोड ९५ लाख ११ हजार आठ सय ९३ मूल्य बराबरको धितोपत्र खरिद बिक्री भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार शेयर बजारमा साताकोे कारोबारको पहिलो दिन आइतबार कुल दुई सय ७८ कम्पनीका ५६ लाख ५९ हजार चार सय ५८ कित्ता शेयर रू दुई अर्ब दुई करोड ८४ लाख ६५ हजार छ सय १० मूल्य बराबरमा खरिद बिक्री भएको छ । आइतबार नेप्से परिसूचक ४२ दशमलव १४ अङ्कले घटेर एक हजार नौ सय ६४ दशमलव ९१ अङ्कमा आएको थियो ।

त्यस्तै दोस्रो दिन सोमबार नेप्से परिसूचक चार दशमलव २६ अङ्कले उकालो लागेर एक हजार नौ सय ६९ दशमलव १८ मा पुगेको थियो । यस दिन विभिन्न कम्पनीका कूल २८ लाख ७४ हजार दुई सय ७५ कित्ता शेयर रू ८७ करोड चार लाख ४४ हजार एक सय ५६ मूल्यमा खरिद बिक्री भएका थियो ।

कारोबारको तेस्रो दिन भने नेप्से दोहोरो अङ्कले बढेको थियो । यस दिनको अन्तिम कारोबारपछिको अवस्थामा परिसूचक १६ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ८५ दशमलव ४३ अङ्कमा कायम भएको थियो । कूल दुई सय ७२ कम्पनीको ४३ लाख ३६ हजार पाँच सय ८३ कित्ता शेयर ५० हजार दुई सय ९६ पटक खरिद बिक्री हुँदा रू एक अर्ब १७ करोड ६६ लाख ८० हजार सात सय ५७ बराबरको कारोबार भएको थियो ।

त्यस्तै यस साताको धितोपत्र कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक उत्साहजनक वृद्धि भएको थियो । यस दिन नेप्से परिसूचक ४४ दशमलव ३४ अङ्कले बढेर दुई हजार २९ दशमलव ७८ अङ्कमा कायम भएको थियो । यो दिन दुई सय ७८ कम्पनीका एक करोड १२ लाख ६४ हजार तीन सय नौ कित्ता शेयर एक लाख १९ हजार तीन सय ५९ पटक खरिदबिक्री भएको थियो । जसमा रू तीन अर्ब २९ करोड ३९ लाख २१ हजार तीन सय ६८ बराबरको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दश महिनामा मेची भन्सारद्वारा ११ अर्ब ५९ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा ११

बाघखोरलाई घरबास गाउँ घोषणा

त्रिवेणी । नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती–१५, बाघखोरलाई घरबास गाउँ घोषणा गरिएको छ

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ४० हजार नौ सय रुपैयाँ 

काठमाडौँ ।  आइतबार सुनको मूल्य तोलामा  एक हजार ६ सय रुपैयाँले वृद्धि भएको

अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुने

वागमती । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम शीघ्र प्रारम्भ