साहसिक पर्यटनलाई लक्षित गर्दै चिनियाँ ब्राण्ड ‘होम्तो’ नेपालमा



 

काठमाडौँ ।  नेपालमा यतिखेर मुख्य पर्यटकीय सिजन सुरु भएको छ । मनसुन सकिएर पर्यटकीय सिजन सुरु हुनै लाग्दा पर्यटन क्षेत्रमा चहलपहल बाक्लिएको छ ।

गत जेठ ३१ गते  प्रवेश गरेको यस वर्षको मनसुन  यही असोज १५ गते सकिँदैछ । मनसुनपछि पर्यटकीय गतिविधि बढ्नुका साथै दसैँ, तिहार, छठलगायत महत्वपूर्ण पर्वले पर्यटन क्षेत्रमा बेग्लै रौनक ल्याउने गर्दछ ।

अहिले पदयात्राका लागि उपयुक्त मौसम पनि हो । मनास्लुलगायत हिमाल तथा चुली आरोहणमा स्वदेशी तथा विदेशी आरोही गन्तव्यमा लम्किरहेका छन् । पदयात्राका लागि विभिन्न मुलुकबाट आउने विदेशी पर्यटकको सङ्ख्या विस्तारै बाक्लिदै छ ।

प्रमुख पर्यटकीय क्षेत्र काठमाडौँको ठमेल, पोखरा, चितवनलगायत गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटक गन्तव्यमा निस्किन चाँजोपाँजो मिलाइरहेका छन् । यस सिजनमा मुख्यगरी पदयात्री पर्यटकका अत्यावश्यक सामग्रीको व्यापार बढी हुने व्यापारीहरु बताउँछन् । पदयात्रामा चाहिने सामग्री र उपकरण खरिद गरी आवश्यक बन्दोबस्ती गर्नेको भीड लाग्ने गर्दछ ।

साहसिक पर्यटनलाई लक्षित गर्दै आवश्यक पोसाक, उपकरणलगायत सामग्री एकै थलोबाट उपलब्ध गराउने उद्देश्यले नेपालमा चिनियाँ ब्राण्ड ‘होम्तो’ आउटडोर स्पोर्टस काठमाडौँमा सुरु भएको छ ।

नयाँसडकस्थित नेपा कम्प्लेक्समा शुक्रबार शुभारम्भ गरिएको उक्त ब्राण्डको नेपाली अल्ट्रा धाविका मीरा राई, तेक्वान्दो खेलाडी आयशा शाक्य र राष्ट्रिय फुटबल टोलीका सदस्य बिकेस कुथुले उद्घाटन गरे ।

चर्चित ‘केलमी’ नेपालमा भित्र्याएको आधिकारिक विक्रेता ‘कुमारी इङ’ प्रालिले होम्तो ब्राण्ड भित्राएको हो । कुमारी इङमार्फत जाल्पा इन्टरनेसनल विजनेश ग्रुपले उक्त ब्राण्डको व्यवस्थापन गर्नेछ । विश्वका ४० भन्दा बढी मुलुकमा आफ्नो उपस्थिति जनाइसकेको होम्तोले नेपालमा पनि सेवा विस्तार गरेको हो ।

दरबारमार्ग ठमेल, पोखरालगायत स्थानमा ब्राण्डको शाखा विस्तार गरिने योजना रहेको होम्तो नेपालका अध्यक्ष सुदर्शन न्यौपानेले बताए । उचित मूल्यमा गुणस्तरीय अन्तर्राष्ट्रिय ब्राण्ड नेपाली उपभोक्तालाई पुर्याउने उद्देश्यले नेपालमा होम्तो भित्राइएको उनले बताए । उनका अनुसार कम्पनीले विशेष गरेर पदयात्राका लागि आवश्यक जुत्ता, कपडा, बोतल, पाललगायत सामग्री उत्पादन गर्ने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनास्लु क्षेत्रमा पर्यटक शुल्कमार्फत दुई करोड ५० लाख राजस्व सङ्कलन

गोरखा ।  प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न

वैशाख मसान्तसम्म मुलुकको व्यपार घाटा ११ खर्ब ७७ अर्ब

  काठमाडौँ ।  चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब

२७ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से दोहोरो अङ्कले बढेको छ

आठ खर्ब ५३ अर्ब लागतका आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी

काठमाडौँ ।  सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भियुसिएल)ले झण्डै आठ खर्ब ५३ अर्ब