४४ अंकले बढ्यो नेप्से



काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्सेमा उच्च अंकको बृद्धि भएको छ । बिहीबार नेप्से ४४ दशमलव ३४ अङ्कले बढेर दुई हजार २९ दशमलव ७८ विन्दुमा पुगेको हो । बिहीबार सबै समूहको शेयर बढेकोमा जलविद्युत्, फाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

नेशनल हाइड्रोपावर कम्पनी, दिव्यश्वरी हाइड्रो, हिमाल दोलखा हाइड्रो, थ्री स्टार हाइड्रो, मन्दाकिनी हाइड्रो, न्यादी हाइड्रो र खानीखोला हाइड्रो तथा स्वाभिमान लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ । एक करोड १२ लाख कित्ता शेयर तीन अर्ब २९ करोड ३९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सन लाइफ नेपाल इन्सुरेन्स कम्पनीको २० करोड १८ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनास्लु क्षेत्रमा पर्यटक शुल्कमार्फत दुई करोड ५० लाख राजस्व सङ्कलन

गोरखा ।  प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न

वैशाख मसान्तसम्म मुलुकको व्यपार घाटा ११ खर्ब ७७ अर्ब

  काठमाडौँ ।  चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब

२७ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से दोहोरो अङ्कले बढेको छ

आठ खर्ब ५३ अर्ब लागतका आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी

काठमाडौँ ।  सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भियुसिएल)ले झण्डै आठ खर्ब ५३ अर्ब