साउन महिनामा लक्ष्य भन्दा ९ अर्ब कम राजश्व संकलन



काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून भएको छ । आन्तरिक राजस्व विभागले उपलब्ध गराएको विवरणअनुसार गत साउनमा लक्ष्यको ८२ दशमलव ३३ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा ४९ अर्ब ७० लाख बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकोमा  ४० अर्ब ३४ करोड ४१ लाख बराबर मात्रै सङ्कलन भएको विभागले जनाएको छ । गत महिना आन्तरिक राजस्वतर्फका कुनै पनि कर शीर्षकमा सरकारी लक्ष्य भेटिएको छैन ।

साउनमा  १६ अर्ब नौ करोड १३ लाख ५६ हजार बराबर आयकर सङ्कलन गर्ने लक्ष्य राखिएकोमा  १३ अर्ब २६ करोड ३६ लाख ६३ हजार बराबर मात्रै सङ्कलन भएको छ । आयकरतर्फको मासिक लक्ष्यमा वास्तविक प्राप्ति ८२ दशमलव ४३ प्रतिशत बराबर हो ।

मूल्य अभिवृद्धि कर (भ्याट) पनि मासिक लक्ष्यको ८१ दशमलव ९७ प्रतिशत मात्रै उठेको छ । साउन महिनामा १४ अर्ब २४ लाख ७२ हजार बरार भ्याट सङ्कलन गर्ने लक्ष्य राखिएकोमा  ११ अर्ब ४७ करोड ७८ लाख ५५ हजार बराबर मात्रै उठेको देखिएको हो ।

त्यस्तै, अन्तःशुल्कतर्फ  १० अर्ब ६१ करोड ७१ लाख ४६ हजार बराबर उठाउने लक्ष्य राखिएकोमा  सात अर्ब ७० करोड ९५ लाख ८९ हजार बराबर उठेको छ । जुन लक्ष्यको ७२ दशमलव ६१ प्रतिशत हो ।

घर बहाल कर र स्वास्थ्य सेवा कर पनि लक्ष्यभन्दा न्यून देखिँदा साउन महिनामा शिक्षा सेवा कर भने लक्ष्यभन्दा बढी देखिएको छ । पहिलो महिना घरबहाल करतर्फ मासिक लक्ष्यको ७१ दशमलव ५२ प्रतिशत अर्थात्  २२ करोड २० लाख छ हजार र स्वास्थ्य सेवा करतर्फ मासिक लक्ष्यको ६५ दशमलव एक प्रतिशत अर्थात्  ६५ करोड ७१ लाख ६३ हजार बराबर उठेको छ ।

शिक्षा सेवा कर भने मासिक लक्ष्यभन्दा बढी उठेको छ । साउनका लागि यो शीर्षकमा  २० करोड ४५ लाख एक हजार बराबर शिक्षा सेवा कर उठाउने सरकारको लक्ष्य रहेकोमा  २८ करोड ९६ लाख १७ हजार बराबर उठेको छ । जुन लक्ष्यभन्दा ४१ दशमलव ६२ प्रतिशत विन्दुले बढी हो ।

चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारले उठाएको आन्तरिक राजस्व गत आर्थिक वर्षको सोही अवधिमा उठाएको भन्दा बढी हो । गत आर्थिक वर्ष साउनमा सरकारले  ३९ अर्ब ८६ करोड ३४ लाख बराबर आन्तरिक राजस्व उठाएको थियो ।

गत आर्थिक वर्ष २०७९/८० का लागि सरकारले  छ खर्ब २६ अर्ब ६१ करोड बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेकोमा ७६ दशमलव ५७ प्रतिशत अर्थात्  चार खर्ब ७९ अर्ब ७९ करोड बराबर मात्रै सङ्कलन भएको थियो । चालु आर्थिक वर्षका लागि सरकारले छ खर्ब ७७ अर्ब ७३ करोड बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वित्तीय स्रोतसमेत घटेपछि प्रदेश र स्थानीय तह घाटामा

काठमाडौँ । विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम रहेको निष्कर्षसहितको प्रतिवेदन

आगामी बजेटबारे अर्थमन्त्रीले लिए विकास साझेदारको राय

  काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणका

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीको आग्रह

  काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग चिनियाँँ लगानीकर्ताले सोमबार भेट

आन्तरिक तथा बाह्य पर्यटक तान्दै नेपालमा मोटरबोट

काठमाडौँ। नेपालका नदीमा पहिलोपटक ‘मोटरबोट’ चलेको सायद साढे पाँच दशकअघि हो । सन्