उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही निर्वाचित



कर्णाली । उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा धीरेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । सङ्घको वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न प्रथम जिल्ला अधिवेशनले शाहीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा लोकेन्द्रबहादुर थापा, वाणिज्य उपाध्यक्षमा पारस विष्ट, उद्योग उपाध्यक्षमा गोरख विक, महिला उपाध्यक्षमा चन्द्रा कार्की र महासचिव खगेन्द्र पुलामी मगर निर्वाचित भएका छन् ।

त्यस्तै, सचिव नरबहादुर विक, कोषाध्यक्ष अनिल शाही तथा सदस्य तेजबहादुर सिंह, जङ्गबहादुर बिसी, प्रेमबहादुर श्रेष्ठ, दीपेन्द्र गैरे, खिमबहादुर वली, ललित सुनार, जनक विष्ट, पदमा देउवा र बेलमती नेपाली निर्वाचित भएको अध्यक्ष शाहीले बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई हार्दिक बधाई ज्ञापन गर्दै वाणिज्य क्षेत्रबाट नागरिकलाई सर्वसुलभ सेवा प्रदान गर्न तथा कर्णालीको अर्थतन्त्रलाई सघाउने खालको योजना अगाडि बढाउन आग्रह गरे ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी, उद्योग व्यापार महासङ्घका केन्द्रीय उपाध्यक्ष प्रबल शाहीले लगायतले समितिका पदाधिकारी तथा सदस्यलाई बधाई दिनुका साथै कार्यकाल सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागलुङमा सुन्तला खेतीप्रति आकर्षण बढ्दै, यसवर्ष १८ करोडको बिक्री

  ढोरपाटन (बागलुङ) ।  पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने

  काठमाडौँ । एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई

नेपाली उद्यमीहरुले उत्पादन गरेका वस्तु अन्तर्राष्ट्रियस्तरमा निर्यात हुने गरि योजना बनाउँछौंः उद्योगमन्त्री भण्डारी

  अछाम । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरुले उत्पादन गरेका

मन्त्रीको व्यक्तिगत इच्छामा वा निकटताका आधारमा कसैलाई प्रोत्साहन गर्न र कसैलाई कमजोर बनाउन करका दरमा हेरफेर हुँदैन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत् आवश्यकता र औचित्यका