नेप्सेमा निरन्तर गिरावट



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा आएर रोकिएको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९० अंकले घटेर ३६१.०१ विन्दुमा पुगेको छ। बुधबार पनि सेयर बजार घटेको थियो । सोहीदिन नेप्से परिसुचकमा १५।७६ अंकले ओरालो लागेको र एक अर्ब ३३ करोड भन्दाबढी रुपैयाँको कारोबार भएको थियो ।

बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५९ कम्पनीको ४३ लाख ४० हजार २७० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४१ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको छ।

कारोबारको आधारमा एनआईसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ। यसको २१ करोड ७४ लाख भन्दाबढीको कारोबार भएको छ। यसैगरी सिद्धार्थ बैंकको ८ करोड ३५ लाख भन्दाबढीको कारोबार भएको छ ।

बिहीबार सबै उपसुचकहरुमा ओरालो लागेको छ।  आजको मायाखोला हाइड्रोपावर कम्पनीको १० प्रतिशत र एसियन हाइड्रोपावरको ९.९७ प्रतिशतको सेयर कारोबार भएको छ। यि कम्पनीहरुले सर्वाधिक कमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनमा उद्योग विभागमार्फत नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत

  काठमाडौँ । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि 

शेयर बजारमा दुई अर्ब ९५ करोड रुपैयाँको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से झिनो अंकले बढेको छ

लगानी सम्मेलन कस्तो भयो ? लगानीबोर्डका सिइओ सुशील भट्टलाई आठ प्रश्न

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ । लगानी

रारामा अष्ट्रेलियन कम्पनीले एक अर्ब भन्दाबढी लागतमा लक्जरी रिसोर्ट बनाउने समझदारी

काठमाडौँ । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको