शेयर बजारमा २२ अंकको बृद्धि



काठमाडौं । शेयर बजार नेप्से सोमबार दोहोरो अंकले बढेको छ । सोमबार नेप्से २२ दशमलव ६५ अङ्कले बढेर १ हजार ९ सय ४९ दशमलव ०६ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर उकालो लागेको छ । गएको फागुन २५ गतेयता आज पहिलो पटक बजार दोहोरो अङ्कले बढेको हो ।

बजारसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । २ सय ५८ वटा कम्पनीका ५२ लाख ५५ हजार कित्ता शेयर १ अर्ब २९ करोड ८५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईएमई जनरल इन्सुरेन्सको शेयर ७ करोड ६३ लाख रुपैयाँमा किनबेच भयो ।

आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्तको शेयर १० प्रतिशत र न्यादी हाइड्रो पावर कम्पनीको शेयर झन्डै ८ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सको शेयर साढे ५ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागलुङको कोदोको बिस्कुट लोकप्रिय बन्दै

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएको कोदोको बिस्कुट छोटो समयमै उपभोक्ताको

बागलुङमा सुन्तला खेतीप्रति आकर्षण बढ्दै, यसवर्ष १८ करोडको बिक्री

  ढोरपाटन (बागलुङ) ।  पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने

  काठमाडौँ । एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई

नेपाली उद्यमीहरुले उत्पादन गरेका वस्तु अन्तर्राष्ट्रियस्तरमा निर्यात हुने गरि योजना बनाउँछौंः उद्योगमन्त्री भण्डारी

  अछाम । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरुले उत्पादन गरेका