‘मुद्रास्फीति अपेक्षा सर्वेक्षण’ सार्वजनिकः खाद्य सामग्रीमा उच्च मूल्यवृद्धि हुने अनुमान



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले गत पुस २४ देखि ३० गतेसम्म देशभरका विभिन्न ६० वटा बजार क्षेत्रमा दुई हजार १० जना उत्तरदातासँग गरिएको सर्वेक्षणको नतिजा बुधबार सार्वजनिक गरेको हो ।

मुद्रास्फीति अपेक्षा सर्वेक्षण प्रतिवेदनअनुसार सर्वेक्षणमा सहभागी अधिकांश व्यक्तिले मूल्यवृद्धि अझै बढ्नसक्ने धारणा दिएका छन् ।

आगामी तीन महिना र एक वर्षभित्रको मूल्यवृद्धि अनुमान गर्न भनिएको प्रश्नावलीमा अधिकांशले मूल्य बढ्ने जवाफ दिएको राष्ट्र बैंकले जनाएको छ ।

८६ दशमलव छ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी ९२ दशमलव तीन प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका राष्ट्र बैंकको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

आगामी दिनहरूमा गैरखाद्य सामग्रीको तुलनामा खाद्य सामग्रीमा उच्च मूल्यवृद्धि हुने अनुमान यो सर्वेक्षणबाट गरिएको छ ।

माछा, मासु, दूध, घ्यू तेल र होटल तथा रेस्टुराँबाहेकका सबै खाद्य उपसमूहमा अबको तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको हिस्सा गत असोजको तुलनामा बढेको बैंकले जनाएको छ ।

गैरखाद्य वस्तु तथा घरजग्गा क्षेत्रमा भने अबको तीन महिनामा हुने मूल्य वृद्धिको अनुमान गत असोजमा गरिएको सर्वेक्षणको तुलनामा घटेको छ ।

सर्वेक्षणअनुसार आगामी तीन महिना र एक वर्षपछिको मध्यक अपेक्षित मुद्रास्फीति गत असोजको तुलनामा समान रहेको छ भने तीन महिनापछिको औसत र एक वर्षपछिको औसत अपेक्षित मुद्रास्फीति घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो

काठमाडौँ । आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । लगातार

आजदेखि सफा र सुकिलो नोट साट्न पाइने

  काठमाडौँ । नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरी सर्वसाधारणका लागि आजदेखि सफा

यस्तो छ विदेशी मुद्राको विनिमय दर 

  काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

वर्षाले विभिन्न जलविद्युत् आयोजनामा क्षति, माग धान्न ३०० मेगावाट विद्युत् भारतबाट आयात

काठमाडौँ । अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको