नेप्सेमा ३ अर्ब ६९ करोड रुपैयाँको कारोबार



काठमाडौं । मंगलबार ह्वात्तै बढेको शेयर बजार बुधबार भने घटेको छ । बुधबार नेप्से ७ दशमलव १६ अङ्कले घटेर दुई हजार एक सय ७० दशमलव १९ विन्दुमा झरेको छ ।

आज अन्यबाहेक अरू सबै समूहको शेयर घटेकोमा बीमा, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । बजार घटे पनि कारोबार रकम भने बढेको छ । दुई सय ५७ वटा कम्पनीका एक करोड पाँच लाख दुई हजार कित्ता शेयर तीन अर्ब ६९ करोड १९ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ११ करोड २८ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै आदर्श लघुवित्त र पोखरा फाइनान्सको शेयर पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि तेह्रथुम पावर कम्पनी र धौलागिरि लघुवित्त कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारीमा जनताका पैसा फसेपछि घरजग्गा कारोबारमा नराम्रो प्रभाव, बढ्न सकेन कारोबार

नारायण ढुंगाना, काठमाडौँ । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए पनि

बागलुङको कोदोको बिस्कुट लोकप्रिय बन्दै

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएको कोदोको बिस्कुट छोटो समयमै उपभोक्ताको

बागलुङमा सुन्तला खेतीप्रति आकर्षण बढ्दै, यसवर्ष १८ करोडको बिक्री

  ढोरपाटन (बागलुङ) ।  पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने

  काठमाडौँ । एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई