नेप्सेमा ४ अंकको बृद्धि



काठमाडौं । बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । बुधबार नेप्से चार दशमलव ९७ अङ्कले बढेर दुई हजार एक सय १६ दशमलव ६६ विन्दुमा पुगेको छ । आज माइक्रोफाइनान्स र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ ।

बजार बढे पनि कारोबार रकममा पनि निकै कमी आएको छ । दुई सय ६१ वटा कम्पनीका ५० लाख २४ हजार कित्ता शेयर एक अर्ब ७६ करोड ७० लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै नेपाल बैंकको पाँच करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै आदर्श लघुवित्तको शेयर १० प्रतिशत र सिद्धार्थ इन्सुरेन्सको शेयर आठ प्रतिशतले बढेको छ । सगरमाथा इन्सुरेन्स कम्पनीको शेयर भने सबैभन्दा धेरै झन्डै चार प्रतिशतले ओरालो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वर्षाले विभिन्न जलविद्युत् आयोजनामा क्षति, माग धान्न ३०० मेगावाट विद्युत् भारतबाट आयात

काठमाडौँ । अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको

दूरसञ्चार र ‘इन्टरनेट’ सेवालाई निरन्तरता गर्न मन्त्रालयको निर्देशन

  काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार सेवा र ‘इन्टरनेट’ सेवा

उखु र दुध किसानको भुक्तानीका लागि दुई अर्ब निकासा

  काठमाडौँ । सरकारले उखु र दूध किसानको बक्यौता रकम भुक्तानीको प्रक्रिया अघि

कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा

भोजपुर। भोजपुरमा आफ्नै ठाउँमा कृषि उद्यम,व्यवसायमा लाग्ने युवाको संख्या बढेको छ । सरकारको