माया खोला हाइड्रोपावरको आईपीओ खुला



काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नागरिकका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।

कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता एक सय अङ्कित दरमा १२ लाख ४० हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को निष्कासन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी एक अर्बको ३४ प्रतिशतले हुने ३४ करोड मूल्य बराबरको कूल ३४ लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि कूल १० लाख कित्ता शेयर छुट्याएको छ ।

त्यस्तै सर्वसाधारणमा निष्कासन गरिने शेयरको १० प्रतिशत अर्थात् दुई लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेकाहरुका लागि निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गर्ने शेयरमध्ये ६० प्रतिशत अर्थात छ लाख कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र सङ्खुवासभाको चैनपुर नगरपालिका वडा नम्बर ८ र ९, धर्मदेवी नपा वडा नं. ३, ४ र ५ तथा मादी नपा वडा नं. ४ र ६ का बासिन्दाका लागि छुट्याएको छ ।

त्यस्तै आयोजना अति प्रभावित क्षेत्र बाहेक सङ्खुवासभाको अन्य क्षेत्रमा बसोबास गर्नेका लागि ४० प्रतिशतले हुने चार लाख कित्ता शेयर निष्कासन गरिने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।

निष्कासित शेयरमा आयोजना प्रभावित स्थानीयले छिटोमा आगामी पुस ८ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे पुस २४ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता खरिदका लागि आवेदन दिन सक्ने छन् ।

त्यस्तै वैदेशिक रोजगारीमा रहेकाहरुले पुस ८ गतेसम्म अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन अनलाइनबाट दिन सकिने

कम्पनीले निष्कासन गरेको शेयरमा स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीले अनलाइनबाट समेत आवेदन दिन सक्ने छन् ।

स्थानीय बासिन्दाले कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले निर्माण गरेको वेब पोर्टलमार्फत शेयरमा आवेदन दिन सकिने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।

स्थानीयले प्राइम कमर्सियल बैंक, नेपाल एसबीआई बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक तथा हिमालयन बैंकले तोकेका शाखा कार्यालय र आयोजना निर्माण कम्पनीको कार्यालयबाट आवेदन दिन सक्ने छन् ।

त्यस्तै वैदेशिक रोजगारिमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ‘सी–आस्वा’ प्रणालीमार्फत र ‘मेरो शेयर’बाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएनपी आईआर बीबीबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ ।

कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको माया खोलामा १४ दशमलव नौ मेगावाट क्षमताको मायाखोला जलविद्युत् आयोजना निर्माण गरेकोे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

ठमेलमा खाना तथा हस्तकला मेला आयोजना

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि खाना तथा

प्राधिकरणको देवनगर सबस्टेसन र गोन्द्राङ–देवनगर ३३ केभी प्रसारणलाइन संचालनमा

काठमाडौँ ।  चितवनको देवनगर सबस्टेशन शनिबारदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ

हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

  बाग्मती । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा