शेयर बजारमा १६ अंकको गिरावट



काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन बुधबार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से बुधबार १६ दशमलव ६१ अङ्कले घटेर एक हजार नौ सय १७ दशमलव २८ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर ओरालो लागेको छ ।

बजार घटे पनि कारोबार रकम भने बढेको छ । दुई सय ४६ वटा कम्पनीका ८० लाख ९२ हजार कित्ता शेयर एक अर्ब ६५ करोड ४६ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै सानिमा बैंकको प्रमोटर शेयर ६७ करोड रुपैयाँ र शिवम् सिमेन्टको शेयर १३ करोड ८५ लाख रुपैयाँमा किनबेच भएको छ ।

आज नदीप लघुवित्तको शेयर १० प्रतिशत र ग्लोबल आईएमई बैंकको शेयर साढे नौ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि खप्तड लघुवित्तको शेयर छ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी

काठमाडौँ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुले बैङ्कभन्दा

नेप्सेमा दुई अर्ब १४ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से सामान्य घटेको छ ।

सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम हुँदैनः अर्थमन्त्री पुन

काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम नहुने

दस महिनादेखि रोकियो मध्यभोटेकोशीको काम

सिन्धुपाल्चोक । सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग गरेको पैसा दिन नसकेपछि मध्यभोटेकोशी जलविद्युत् आयोजनाको