रुकुममा सुन्तलाले बजार पाएन



रुकुम । रुकुम पूर्व सिस्ने गाउँपालिका–८ सुनखानीका भिउसन नाथको दैनिकी सुन्तला बगैँचामा बित्न थालेको छ । बगैँचारभरी लटरम्मै फलेका टिप्न व्यस्त उनी सुन्तलाले बजार नपाउँदा भने निराश भएका छन् । एकातिर बजारसम्मको सहज पुहँच छैन भने अर्कोतर्फ सुन्तलाले उचित मूल्य पनि नपाउने अवस्था छ ।

समयमा बिक्री गर्न नसक्ने सुन्तलालाई भण्डारणका लागि चिस्यान केन्द्रको सुविधा पनि छैन । नाथले १० रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेका छन् ।

सुन्तला बिक्रीबाट बर्सेनि दुईदेखि तीन लाखसम्म आम्दानी गर्ने नाथले यस वर्ष पनि दुई लाख बराबरको सुन्तला बिक्री गर्ने योजना रहेको बताए । एउटा बोटबाट चार हजार बराबरको सुन्तला बिक्री भए चार लाख आम्दानी हुने उनको हिसाब छ ।

सोही ठाउँका अर्का किसान गोपाल पुनले पनि ३४ रोपनी क्षेत्रमा सुन्तला खेती गरेका छन् । उनको बारीमा सुन्तलाका एक हजार बोट छन् ।

तर सबै बोटले फल दिँदैनन् केही सुन्तलाको बोट साना छन् । उनले सुन्तलाबाट गत वर्ष एक लाख ८० हजार आम्दानी गरेका थिए ।

सिस्ने गाउँपालिका अन्तर्गत वडा नं ७ र ८ मा राम्रो सुन्तला उत्पादन हुन्छ । वडा नं ८ मा मात्रै करिब ४० वटा सुन्तलाका बगैँचा छन् । सबै बगैँचामा सुन्तला फलेका छन् तर बजार नपाउँदा त्यत्तिकै खेर जाने डर किसानहरुमा छ ।

गाउँमा व्यापारीहरु सुन्तला खरिद गर्न नआउँदा किसानहरु आफैँले सुन्तला बोकेर रुकुम पश्चिमको खलङ्गा र रुकुम पूर्वको रुकुमकोटसम्म जान बाध्य छन् ।

सुन्तला भण्डारका लागि गाउँपालिकाले चार वर्षअघि निर्माण गरेको चिस्यान केन्द्र प्रयोगमा आउन सकेको छैन । यतिबेला झिमखोला, पाटा, स्यालापाखा, लम्पाकोट, सुनखानी र भुरुङ्गामा सुन्तला पाकेर पहेँलै भएका छन् ।

गाउँपालिकाले भने सुन्तला बिक्रीका लागि बजार व्यवस्थापनको पहल भइरहेको दाबी गरेको छ । गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले हाल एउटा सहकारीसँगको सहकार्यमा सुन्तला बिक्रीको व्यवस्था गर्न लागिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु

  काठमाडौँ ।  राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट सेवा सुरु गरेको

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको दोसो दिन सोमबार पनि शेयर बजार नेप्से ओरालो लागेको छ

गण्डक जलविद्युत केन्द्रमा दुई महिनादेखि उत्पादन पूर्णरुपमा बन्द, दैनिक आठ लाख घाटा

गण्डक जलविद्युत केन्द्रमा दुई महिनादेखि उत्पादन पूर्णरुपमा बन्द, दैनिक आठ लाख घाटा नवलपरासी

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छः मन्त्री भण्डारी

बाँके । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकीकृत जाँचचौकी(आइसिपी) सञ्चालनमा आएसँगै व्यापारमा