धानसँग अदुवा, बेसार र घुइया साट्दै किसान



घोराही । दाङको बङ्गलाचुली गाउँपालिका–२ मर्पेसका खेतुलाल विक पछिल्लो १२ वर्षदेखि घुइया, अदुवा र बेसारको खेती गर्दै आएका छन् । पहाडी क्षेत्रमा पर्याप्त मात्रामा धान उत्पादन नहुने तर घुइया, अदुवा र बेसारबाट राम्रो आम्दानी हुने भएकाले उनी त्यसतर्फ आकर्षित भएका हुन् ।

मर्पेसमा उत्पादन गरिएका यी उत्पादनसँग विक र उनी जस्तै अन्य किसानले वर्षभरीलाई पुग्ने धान साट्छन् । ‘मर्पेस र खारा क्षेत्रमा धानलगायतका अन्य अन्नबालीको उत्पादन राम्रो छैन, त्यसैले यहाँका अधिकांश किसान अदुवा, घुइया र बेसार खतीमा संलग्न छन्”, विकले भने । किसानहरुले आफूले उत्पादन गरेका घुइया, बेसार र अदुवा धेरैजसो घोराही उपमहानगरपालिकासम्म पुर्याउँदै आएका छन् ।

धिमधिमे मालारानी बहुउद्देश्यीय कृषक समूहका अध्यक्ष समेत रहेका किसान विकले आफूहरुलाई यही व्यवसायबाटै खुसी मिल्ने गरेको बताए । उनले पनि हाल ४ रोपनी जग्गामा घुइया, अदुवा र बेसारको खेती गर्दै आएका छन् ।

समूहमा २० घर परिवारका किसान आवद्ध छन् । पालिकाभित्रका सबै वडामा यसको खेती हुँदै आए पनि व्यावसायीक रुपमा खेती गर्ने किसानको संख्या भने एक सय ५० को हाराहारीमा रहेको उनको भनाइ छ । सोही स्थानमा लामो समयदेखि अदुवा, घुइया र बेसार खेती गर्दै आएका किसान हिरा पुन यसबाट आफूहरुले राम्रो आम्दानी गरिरहेको बताउँछन् ।

“आफूले उत्पादन गरेका वस्तुबाट ७ महिनाका लागि पुग्ने अन्न साट्न सकिन्छ”, उनले भने, “धान रोप्ने हो भने अन्य अन्नबालीको उत्पादन घट्ने भएपछि यसैलाई निरन्तरता दिएका हौं ।”

धिमधिमे मालारानी बहुउदेश्यीय कृषक समूहका कोषाध्यक्ष बीरबहादुर सुनारले पनि बङ्गालाचुली गाउँपालिका अन्तर्गतका क्षेत्रमा हावा पानी समेत राम्रो भएकाले अदुवा, घुइया र बेसारको व्यावसायीक रुपमा खेती गर्ने किसानको संख्या बढ्दै गएको बताए ।

हाल किसानहरुले अनुदान र सहयोग प्राप्त भए अझ व्यवस्थित रुपमा उत्पादन गर्न सकिने बताउँदै आएका छन् । समूहका कोषाध्यक्ष सुनार आगामी आर्थिक वर्षदेखि अनुदान र सहयोग उपलब्ध गराउने तयारी भइरहेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ललितपुर महानगरको बजेट नगरसभाबाट पारित

  ललितपुर । ललितपुर महानगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्षका लागि प्रस्तावित वार्षिक बजेट

लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,

व्यवसायीमाथि धरपकड नगर्न श्रममन्त्रीलाई नाट्टाको आग्रह

काठमाडौँ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हवाई टिकट

म्याग्दीका किसान टिम्मुरखेतीतर्फ आकर्षित

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–३ मुसुङका लालबहादुर घर्ती यतिखेर खेतमा रोपाइँ गर्दै छन्