लोप हुने अवस्थामा श्यामा कपडा



सिन्धुपाल्चोक ।  तामाङ र ह्योल्मो समुदायका महिलाहरूले प्रयोग गर्ने मौलिक भेशभूषा श्यामा कपडा यो समुदायमा लोकप्रिय मानिन्छ । श्यामा बुनेर नै जीवन चलाएका वृद्धा महिलाहरूको परम्परागत सीपलाई नयाँ पुस्ताले बेवास्ता गरेपछि भने यो पेशा नै लोप हुने अवस्थामा पुगेको छ । हातले बुनिएको श्यामा कपडा हिजोआज मुस्किलले मात्र पाइन्छ ।

सिन्धुपाल्चोकको विकट बस्ती पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ मानेखर्कका स्थानीयवासीले कुनै समयमा प्रत्येक घरधुरीमा श्यामा कपडा उत्पादनका लागि तान बुन्ने गर्थे । तर अहिले दुई चार घरमा मात्र पाका पुस्ताका महिलाहरूले श्यामा बुनेर आफ्नो दैनिकी कटाउने गरेका छन् ।

बजारमा हातले बुनेको श्यामा कपडाको माग धेरै भए पनि परम्परागत सीपलाई नयाँ पुस्ताले बेवास्ता गर्दा मागबमोजिमको उत्पादन हुन नसकेको स्थानीयवासी ग्याल्मु लामा बताउँछन् ।

मशिनबाट बनाइएको श्यामा कपडा गाउँघरमा भित्रिनाले पनि हाते बुनाइ ओझेलमा परेको हो । तर तान लगाएर हातले बुनेको श्यामा जस्तो गुणस्तरीय नभएपछि कतिपय ग्राहक हातले बुनेको श्यामा खोज्दै घरसम्मै आउँछन् ।

एक पटकको तानबाट १२ वटासम्म श्यामा बुन्न सकिन्छ । तान बुन्नका लागि आवश्यक पर्ने हाते सामग्रीहरु सबै गाउँघरमै पाइने काठ, बाँस, मुढाबाट तयार गरिन्छ । यो कपडाबाट श्यामा मात्र नभई झोला, थैली जस्ता विभिन्न सामग्री बनाउन सकिने अर्का स्थानीयवासी बाबुराम लामाको भनाइ छ ।

यहाँ उत्पादन भएको श्यामा कपडा गाउँपालिकाभित्रका गुन्सा, भोताङ, बरुवा, बासखर्क, जुगल गाउँपालिकाको तेम्बाथाङ, गुम्बाथाङलगायत भारत, बेलायत, अमेरिकामा रहेका तामाङ समुदायमा अत्यधिक माग हुने गरेको छ ।

शुरूमा एउटा श्यामाको मूल्य र एक सय ८० थियो । अहिले र एक हजार आठ सयदेखि दुई हजार दुई सयसम्म पर्छ । वृद्ध भएसँगै तान बुन्नेको सङ्ख्या कम हुँदै गएपछि पछिल्लो पुस्ताले श्यामा भनेको नै के हो भनेर बिर्सिन्छ की भन्ने चिन्ता व्यक्त गर्छन् स्थानीय नोर्चिन लामा ।

परम्परागत पेशालाई संरक्षणका लागि स्थानीय तहले युवा पुस्तालाई आकर्षित गर्न तालिमको व्यवस्था र नयाँ पुस्ताले यसको महत्त्व बुझेर निरन्तरता दिए आम्दानीको राम्रो स्रोत हुने र श्यामा व्यवसाय पनि लोप नहुने स्थानीयवासी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले निर्माण व्यवसायीको झण्डै ५० अर्ब भुक्तानी गर्न बाँकी

काठमाडौँ । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई चुस्त र प्रभावकारी बनाउने भएको

अर्थमन्त्रीसँग राष्ट्रसङ्घको सहायक महासचिवद्वारा भेट

काठमाडौं । संयुक्त राष्ट्रसंघका सहायक महासचिव एवम् राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का एसिया

शेयर बजारमा ७ अंकको गिरावट

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्सेम गिरावट आएको

पर्यटक आगमनमा १२ प्रतिशतले बृद्धि, सबैभन्दा बढी भारतीय

काठमाडौँ ।  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले बढेको छ ।