साउन र भदौमा व्यापार घाटा दुई खर्ब ४४ अर्ब



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार र घाटा दुवै घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन र भदौमा तीन खर्ब दुई अर्ब २८ करोड रुपैयाँको कुल वैदेशिक व्यापार भएकोमा व्यापार घाटा दुई खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । यो अघिल्लो वर्षको पहिलो दुई महिनाको तुलनामा ९ दशमलव ४५ प्रतिशतले कम हो ।

साउन र भदौमा नेपालमा दुई खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँको वस्तु आयात भएको छ भने २८ अर्ब ६८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । आयात १३ दशमलव शून्य एक र निर्यात ३४ दशमलव ८८ प्रतिशतले घटेको छ ।

दुई महिनामा सात अर्ब ५८ करोड रुपैयाँको खाद्यान्न, तीन अर्ब ४३ करोड रुपैयाँको फलफूल, पाँच अर्ब ६ करोड रुपैयाँको तरकारी आयात भएको छ । यस्तै १९ अर्ब आठ करोड रुपैयाँको घिउ तेल, ५० अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ र खनिज पदार्थ, दुई अर्ब ४३ करोड रुपैयाँको फलाम, एक अर्ब आठ करोड रुपैयाँका गाडीलगायतका वस्तु भित्रिएका छन् ।

नेपालबाट एक अर्ब ८१ करोड रुपैयाँको चिया कफी, सात अर्ब ७९ करोड रुपैयाँको घिउ तेल र छुर्पी, एक अर्ब १२ करोड रुपैयाँको स्थानीय कपडालगायतका वस्तु निर्यात भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
परीक्षा दिएर फर्किरहेकी छात्रामाथि झापामा गोली प्रहार

दमक । झापाको दमकमा एक विद्यार्थीमाथि गोली प्रहार भएको छ । उदयपुर घर

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार प्रदेशसभामा विश्वासको मत लिने

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आगामी आइतबार प्रदेशसभाबाट विश्वासको मत लिने

डढेलो नियन्त्रण किन बनेन सरकारको एजेण्डा ?

प्रगति ढकाल, काठमाडौँ । डढेलोविद् सुन्दर शर्मा यही साता मंगोलिया भ्रमणमा जाने अन्तिम

जापान पठाइदिने भन्दै तीन करोड ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने