नेप्सेमा दोहोरो अंकको गिरावट



काठमाडौं । साताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आइतबार २३ दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय १५ दशमलव १३ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेकोमा जलविद्युत्, विकास बैंक उत्पादन र माइक्रोफाइनान्सको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय २८ वटा कम्पनीको ४० लाख १४ हजार कित्ता शेयर एक अर्ब सात करोड २४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै लक्ष्मी बैंकको २६ करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज तेह्रथुम पावर कम्पनीको शेयर झन्डै आठ प्रतिशत तथा निफ्रा र सामुदायिक लघुवित्तको शेयर साढे ६ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि अभियान लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्याग्दीका किसान टिम्मुरखेतीतर्फ आकर्षित

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–३ मुसुङका लालबहादुर घर्ती यतिखेर खेतमा रोपाइँ गर्दै छन्

अन्य मुलुकको तुलनामा हाम्रो सार्वजनिक ऋण सुविधाजनक अवस्थामा छ, पासोमा पर्दैनौंः अर्थमन्त्री पुन

  काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले अन्य देशको तुलनामा नेपालको सार्वजनिक ऋणको अवस्था

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

  काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार भने दोहोरो

चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय

काठमाडौँ । ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुला गरिएसँगै त्यस क्षेत्रको अर्थतन्त्र चलायमान