शेयर बजारमा उच्च अंकको बृद्धि



काठमाडौं । लगातार पाँच दिनसम्म घटेको शेयर बजार सोमबार भने उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से सोमबार ५५ दशमलव ८८ अङ्कले बढेर दुई हजार ६५ दशमलव ८९ विन्दुमा पुगेको छ । सोमबार सबै समूहको शेयर बढेर बजार हरियो देखिएको छ ।

विकास बैंक, जलविद्युत्, फाइनानस, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ । नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ ।

दुई सय १५ वटा कम्पनीको ६० लाख २६ हजार कित्ता शेयर दुई अर्ब ४३ करोड २९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २१ करोड रुपैयाँको शेयर किनबेच भयो ।

सोमबार राधी विद्युत् कम्पनी, रिभल फल्स पावर, मल्टिपर्पोज फाइनान्स र श्री इन्भेस्टमेन्ट फाइनान्सको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि रिडी हाइड्रोको शेयर १० प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी

काठमाडौँ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुले बैङ्कभन्दा

नेप्सेमा दुई अर्ब १४ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से सामान्य घटेको छ ।

सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम हुँदैनः अर्थमन्त्री पुन

काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम नहुने

दस महिनादेखि रोकियो मध्यभोटेकोशीको काम

सिन्धुपाल्चोक । सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग गरेको पैसा दिन नसकेपछि मध्यभोटेकोशी जलविद्युत् आयोजनाको