नेप्सेमा हरियाली, कारोबार रकम २ अर्ब रुपैयाँ नाघ्यो



काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार ९५ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आइतबार ९४ दशमलव ९२ अङ्कले बढेर एक हजार नौ सय ५६ दशमलव ९८ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा जलविद्युत्, विकास बैंक, बीमा, लघुवित्त र उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ । लामो समयपछि आज कारोबार रकम पनि दुई अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । दुई सय ३० वटा कम्पनीको ६३ लाख ६३ हजार कित्ता शेयर दुई अर्ब १९ करोड ६१ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै कुमारी बैंक, हिमालयन डिष्टीलरी र ङादी ग्रुप पावर कम्पनीको आठ करोड रुपैयाँभन्दा धेरैका दरले कारोबार भयो । आज २३ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज पाँच वटा म्युचल फन्ड कम्पनीको शेयर मात्रै सामान्य घटेको छ । बाँकी दुई सय २५ वटा कम्पनीको शेयर बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले निर्माण व्यवसायीको झण्डै ५० अर्ब भुक्तानी गर्न बाँकी

काठमाडौँ । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई चुस्त र प्रभावकारी बनाउने भएको

अर्थमन्त्रीसँग राष्ट्रसङ्घको सहायक महासचिवद्वारा भेट

काठमाडौं । संयुक्त राष्ट्रसंघका सहायक महासचिव एवम् राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का एसिया

शेयर बजारमा ७ अंकको गिरावट

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्सेम गिरावट आएको

पर्यटक आगमनमा १२ प्रतिशतले बृद्धि, सबैभन्दा बढी भारतीय

काठमाडौँ ।  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले बढेको छ ।