३७ अंकले बढ्यो शेयर बजार
काठमाडौं । पछिल्ला केही दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजार मङ्गलबार भने दोहोरो अङ्कले बढेको छ । मंगलबार शेयर बजार परिसूचक नेप्से ३७ दशमलव ४९ अङ्कले बढेर एक हजार नौ सय २२ दशमलव ३० विन्दुमा पुगेको छ ।
सबै समूहको शेयर बढेर आज बजार हरियो देखिएको छ । यस्तै दुई सय ३१ वटा कम्पनीको ३७ लाख १२ हजार कित्ता शेयर एक अर्ब २३ करोड ८५ लाख रुपैयाँमा कारोबार भएको छ ।
सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको ११ करोड ५९ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै आँधीखोला र सीवाईसी लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । तेह्रथुम पावर कम्पनीको शेयर भने झन्डै दुई प्रतिशतले घटेको छ ।