परम्परागत नीति नियममा समयानुकूल परिमार्जन गर्न ढकालको आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको दू्रत आर्थिक उन्नति र विकासका लागि परम्परागत नीति नियमहरुमा समयानुकूल परिवर्तन आवश्य रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यवाहक अध्यक्षसमेत रहेका ढकालले बुधबार काठमाडौँमा आयोजित नेपाल अटोमोबाइल डिलर्स् एसोसिएसनको ४५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सरोकारवाला पक्षहरुसँग छलफल गरेर परम्परागत नीति नियमहरुलाई परिवर्तन गर्न सुझाव दिए ।

उनले यसरी समयानुकूल रुपमा आवश्यक मात्रामा नीतिनियम र कानुनमा परिवर्तन गर्न सकिएमा आम नागरिकलाई लाभ पुग्ने र सरकारले चाहेको आर्थिक रुपान्तरणको लक्ष्य पनि हासिल हुने बताए । अटोमोबाइल क्षेत्रको मात्र नभएर समग्र निजी क्षेत्रका सुझावहरुलाई लिएर सरोकारवाला पक्षहरुसँग छलफल गरी पुराना नीति नियमहरु परिवर्तन गर्दै जाँदा सबै पक्षलाई फाइदा पुग्ने र यसका लागि राज्यले अग्रसरता लिनुपर्ने उनको भनाइ थियो ।

वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र सवारी साधनको एसेम्बिलिङ प्लान्ट स्थापनाका साथै निर्यात बढाउनेतर्फ पनि विशेष पहल गर्नुपर्ने बताए । अहिले मुलुकभित्र दुई पाङ्ग्रे सवारी साधनका एसेम्बिलिङ प्लान्ट खुल्न थालेका र यसमा विस्तार गरी चारपाङ्ग्रे सवारी साधनको एसेम्बिलिङ प्लान्ट स्थापनाका लागि सरकारले बढावा दिनुपर्ने उनले बताए ।

नेपालको बिजुली भारतमा निर्यात सुरु भएको बताउँदै उहाँले औद्योगिक क्षेत्रलाई सस्तोमा बिजुली उपलब्ध गराउन सके उत्पादनमूलक क्षेत्रमा लगानी आकर्षित गर्न सकिने बताए ।

उनले सार्वजनिक सवारीलाई चुस्त बनाउनेतर्फ सरकार र स्थानीय निकायको ध्यानाकर्षण गराए । सवारी साधन विलाशिताको वस्तु मात्र नरहेको बताउँदै उनले यस क्षेत्रले वार्षिक एक खर्बभन्दा बढी राजश्व दिएको जुन सार्वजनिक खर्चका लागि महत्वपूर्ण भएको बताए । उनले कोभिड–१९ को महामारीबीच पनि मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गएको समेत बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी

काठमाडौँ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुले बैङ्कभन्दा

नेप्सेमा दुई अर्ब १४ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से सामान्य घटेको छ ।

सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम हुँदैनः अर्थमन्त्री पुन

काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम नहुने

दस महिनादेखि रोकियो मध्यभोटेकोशीको काम

सिन्धुपाल्चोक । सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग गरेको पैसा दिन नसकेपछि मध्यभोटेकोशी जलविद्युत् आयोजनाको