तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ । छापावाल सुन सोमबार प्रतितोला ८९ हजारमा ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ कायम गरिएको छ । तेजाबी सुन सोमबार प्रतितोला ८८ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य सोमबारको तुलनामा मंगलबार प्रतितोला पाँच रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार प्रतितोला एक हजार १५५ रुपैयाँतोकिएको छ ।

अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तरराष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔँस एक हजार ७५१ दशमलव ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा ४५ अंकको बृद्धि

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से उच्च अंकले बढेको छ

दश महिनामा मेची भन्सारद्वारा ११ अर्ब ५९ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा ११

बाघखोरलाई घरबास गाउँ घोषणा

त्रिवेणी । नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती–१५, बाघखोरलाई घरबास गाउँ घोषणा गरिएको छ

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ४० हजार नौ सय रुपैयाँ 

काठमाडौँ ।  आइतबार सुनको मूल्य तोलामा  एक हजार ६ सय रुपैयाँले वृद्धि भएको