धितोपत्रको राफसाफ दुई कार्यदिनमा हुने



काठमाडौं । तपाईंले खरीद वा बिक्री गरेको शेयर दुई कार्य दिनमा नै राफसाफ हुने भएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडले धितोपत्र कारोबारलाई थप व्यवस्थित बनाउने र थप सहज बनाउने लक्ष्यका साथ दुई कार्य दिनमा नै राफसाफ हुने व्यवस्था गरेको हो ।

उक्त व्यवस्थासम्बन्धी जानकारी दिँदै सिडिएससीले धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट संशोधित विनियमावलीअनुसार कारोबार भएको दिनबाहेक दुई कार्य दिनमा हुने व्यवस्था गरिएको छ ।

धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट चक्र छोटिएसँगै बजारमा धितोपत्रको तरलतामा वृद्धि हुन गई समग्र पूँजी बजार थप चलायमान हुने विश्वास लिइएको सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले जानकारी दिए ।

दुई कार्य दिनभित्र कारोबारलाई राफसाफ गर्नका लागि धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट विनियमावली २०६९ को उपविनियम १३ लाई संशोधन गरी नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पेश गरेको थियो ।

बोर्डले गत पुस २४ गते उक्त विनियमवाली स्वीकृत गरेको थियो । सिडिएससीको सञ्चालक समितिको निर्णयानुसार माघ ११ गतेदेखि लागू हुने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मन्त्रीको व्यक्तिगत इच्छामा वा निकटताका आधारमा कसैलाई प्रोत्साहन गर्न र कसैलाई कमजोर बनाउन करका दरमा हेरफेर हुँदैन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत् आवश्यकता र औचित्यका

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

  काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी

प्राधिकरणले भन्यो-केही इन्टरनेट सेवा प्रदायकले सेवा अवरुद्ध भएको पुष्टि भयो, हदैसम्मको कारबाही हुन्छ

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध भएको

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

  काठमाडौँ । स्थानीय बजारमा शुक्रबार पहेँलो धातुको मूल्य तोलामा  एक हजार एक