सुनको मूल्यमा ८०० रुपैयाँले गिरावट



काठमाडौं । तोलामा दुई हजार ३०० रुपैयाँले आइतबार ओरालो लागेको सुनको मूल्य सोमबार पुनः ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ ।

आइतबार छापावाल सुन तोलामा ९३ हजारमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आजका लागि तोलामा ९१ हजार ७०० रुपैयाँ तोकिएको छ । आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो । चाँदी तोलामा ४० रुपैयाँले घटेको छ । आइतबार एक हजार २७० रुपैयाँमा कारोवार भएको चाँदी आज भने एक हजार २३० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

आर्थिक गतिविधिमा आएको समस्याका कारण बैंकिङ प्रणालीको कर्जा असुली दबाबमाः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको २०८० साल

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

बजेटमा कर्णाली प्रदेशलाई विशेष प्राथमिकतामा राख्न अर्थमन्त्रीसँग मुख्यमन्त्री कँडलको माग

  काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान