सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घट्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले ओरालो लागेको छ । प्रतितोला ७०० रुपैयाँले सोमबार उकालो लागेको सुनको मूल्य मंगलबार पुनः ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा सोमबार कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन सोमबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोवार भएकामा आज प्रतितोला ९३ हजार ६०० रुपैयाँ मूल्य निर्धारण भएको छ । तेजाबी सुन पनि प्रतितोला ८०० रुपैयाँले घटेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । प्रतितोला एक हजार ३१५ रुपैयाँमा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३०० रुपैयाँमूल्य निर्धारण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटकको रोजाइमा म्याग्दीको टोड्के

म्याग्दी । म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्णगाउँका बासिन्दाले पशुचौपायाको गोठ लैजाने

च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म

ढोरपाटन । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा

बाढीपीडित किसानको गुनासो: स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

सप्तरी । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको

पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत

गण्डकी । दशैँ, तिहारलगायत ठूला चाडबाडलाई लक्षित गरी पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु