फलामको मूल्य ६० प्रतिशतले बढ्यो, उपभोक्ता मारमा



काठमाडौं । ग्रील तथा स्टील व्यवसायीहरुले ग्रील जन्य फलामको मूल्य अस्वभाविक रुपमा बढेको बताएका छन् । व्यवसायीहरुको छाता संगठन ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले शनिबार आयोजना गरेको कार्यक्रममा व्यवसायीहरुले ग्रील जन्य फलामको मूल्य अत्याधिक अनियन्त्रित र अस्वभाविक रुपमा बढेको बताएका हुन् ।

जसका कारण व्यवसाय नै धारासायी हुने स्थीतिमा पुग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा महासघका केन्द्रीय अध्यक्ष मोहन कटुवालले कोभिड १९ को कारण बन्दभई मारमा परेका उद्योगहरु बिस्तारै सञ्चालनमा आउन नपाउँदै ग्रीलजन्य फलाम र निर्माण सामाग्रीको अनियन्त्रित रुपमा भएको उच्च मूल्य वृद्धिले सम्पूर्ण ग्रील उद्योग बन्द हुने अवस्थामा पुगेको बताए ।

अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थ ब्लेडको मूल्यमा भएको बृद्धि भन्दा नेपाली बजारमा दोब्बर मूल्य बढेको उनले बताए । ग्रील जन्य फलामाको मूल्य अस्वभाविक रुपमा बढ्दा कोरोनाको संक्रमणका कारण प्रभावित आम उपभोक्ता समेत मारमा परेको अध्यक्ष कटुवालले बताए । यसबाट देशभरी सञ्चालित ११ हजार भन्दा बढी ग्रील उद्योग बन्द हुने जोखिममा रहेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका स्याङजा वालिङका शिव थापा व्यावसायिक रूपमा

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई ४८ करोड भुक्तानी गरेको छ ।

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा

मान्म । कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका-३ फोइमहादेव गाउँमा रहेको छ