ब्रोकर कमिसन घटाउन अर्थमन्त्रीको निर्देशन



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारको विभिन्न पक्षलाई मध्यनजर राखी ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयमा शुक्रबार आयोजित सम्बद्ध पक्षसँगको छलफलमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउने तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन् । “ब्रोकर कमिसन घटाउनका लागि विलम्ब नगर्नुहोस्, प्रो एक्टिभ भएर लाग्नुहोस्” उनले भने ।

अर्थमन्त्री पौडेलले पूँजीबजार बढ्न र विस्तार हुन गइरहेको बताउँदै अहिलेका समस्या समाधान गर्न समयतालिका तयार बनाएर कार्यान्वयन गर्न निर्देशन दिए । उनले पूँजीबजारको विकासका लागि चालु वर्षको बजेटमा उल्लेखित कार्यहरु समयमा नै सम्पन्न गर्न पनि निर्देशन दिए ।

अर्थमन्त्रीले ऐन, नियममा सुधार गर्नु पर्ने भए त्यसको तयारी गर्न पनि निर्देशन दिए । बैठकम अर्थ मन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङ्गाना, रामशरण पुडासैनी, आर्थिक सल्लाहकार डा प्रकाशकुमार श्रेष्ठ, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सहसचिव झक्कप्रसाद आचार्य उपस्थित थिए ।

यस्तै, छलफलमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना, नेपाल स्टक एक्सचेञ्जका अध्यक्ष लक्ष्मण न्यौपाने, प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटकको रोजाइमा म्याग्दीको टोड्के

म्याग्दी । म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्णगाउँका बासिन्दाले पशुचौपायाको गोठ लैजाने

च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म

ढोरपाटन । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा

बाढीपीडित किसानको गुनासो: स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

सप्तरी । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको

पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत

गण्डकी । दशैँ, तिहारलगायत ठूला चाडबाडलाई लक्षित गरी पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु