शेयर बजारमा नयाँ कीर्तिमान



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेले आइतबार पुनः अर्को कीर्तिमान कायम गरेको छ । नेप्से परिसूचकमा देखिएको वृद्धि तथा कारोबार रकमसमेत नयाँ उचाइँमा पुगेको छ । पछिल्लो दिनमा नेप्सेले लगातार ‘बुलिस टे«न्ड’लाई पछ्याएको छ । तर, सिमित सङ्ख्यामा शेयर रहेका कम्पनीमा देखिँदै आएको उच्च वृद्धि आज पनि कायम छ ।

अघिल्ला सातामा जस्तै आज साताको पहिलो दिन बैंकिङ उपसमूह र विकास बैंक उपसमूहको शेयर उकालो लागेको छ । विसं २०७३ मा कायम भएको उच्च अङ्कको वृद्धिलाई पछाडि छाड्दै नेप्से आज झण्डै दुई हजारको बिन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च अङ्क हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा ७५.०२ बिन्दुले वृद्धि भई एक हजार ९६८.२७ मा पुगेको छ । प्रतिशतका आधारमा आज ३.९६ ले वृद्धि भएको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.१४ प्रतिशत अर्थात् ३८३.९३ मा पुगेको छ । कूल २०० कम्पनीको दुई करोड ५९ लाख ४५ हजार ३८० कित्ता शेयर रु नौ अर्ब २२ करोड ७३ लाख ४८ हजार ३४८ मा कारोबार भयो ।

आज कारोबार भएका कूल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर ओरालो लाग्दा आठ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ११२.३, विकास बैंक १७३.८४, जलविद्युत् २६.६६ वित्त १२.२७, अन्य ०.२७, लघुवित्त २७.७५, जीवन बीमा २४५.७५ र सामूहिक लगानी कोष ०.०५ ले उकालो लागेको छ । यस्तै, व्यापार ३५.३७, होटल ७.६८, जीवन बीमा ४५.५५ र उतपादन ३७.२७ अङ्कले ओरालो लागेको छ । कारोबारका आधारमा आज नेपाल पुनःबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५१ करोड ७९ लाख ९१ हजार ८३७ बराबरको कारोबार भयो ।

यस्तै, कुमारी बैंक रु ४० करोड ८० लाख ६२ हजार ६५६, नबिल बैंक रु ३३ करोड ५६ लाख सात हजार ८६९, प्रभु बैंक रु ३३ करोड १० लाख ५७ हजार २६१, नेपाल बैंक रु ३२ करोड ४५ लाख ३३ हजार, ग्लोबल आइएमई बैंक रु २७ करोड ९५ लाख ८२ हजार ८७६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु २६ करोड ३९ लाख १२ हजार ६२५, शिवु् सिमेन्ट रु २३ करोड ९८ लाख ४२ हजार ९५२ र हिमालयन डिस्टिलरु रु २३ करोड ८९ लाख ४० हजार ९३४ बराबरको कारोबार गर्दै शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आज ग्रीन डेभलपमेन्ट बैंक, सेञ्चुरी बैंक, नेपाल इन्भेस्टमेन्ट बैंकका लगानीकर्ताले समान १०÷१० प्रतिशतले कमाए । सनराइज बैंक ९.९२, माछापुच्छ्रे बैंक ९.९२, मुक्तिनाथ विकास बैंक ९.९०, मेगा बैंक ९.८९, नेपाल बंगलादेश बैंक ९.८९, महालक्ष्मी विकास बैंक ९.८८ र प्रभु बैंकका लगानीकर्ताले ९.८६ प्रतिशतले कमाए ।

यसगरी, विशाल बजार कम्पनी १०, आँखु खोला जलविद्युत् कम्पनी ६.२५, मल्टीपर्पोज फाइनान्स कम्पनी ३.७९, सनराइज फ्रस्ट म्युचुअल फण्ड ३.७९, पाँचथर पावर कम्पनी ३.२९, ग्लोबल आइएमई लघुवित्त ३.१७, जोशी हाइड्रोपावर ३.१३, महिला सहयात्रा माइक्रोफाइनान्स २.९२ र अजोड इन्स्योरेन्सका लगानीकर्ताले २.८६ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मन्त्रीको व्यक्तिगत इच्छामा वा निकटताका आधारमा कसैलाई प्रोत्साहन गर्न र कसैलाई कमजोर बनाउन करका दरमा हेरफेर हुँदैन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत् आवश्यकता र औचित्यका

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

  काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी

प्राधिकरणले भन्यो-केही इन्टरनेट सेवा प्रदायकले सेवा अवरुद्ध भएको पुष्टि भयो, हदैसम्मको कारबाही हुन्छ

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध भएको

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

  काठमाडौँ । स्थानीय बजारमा शुक्रबार पहेँलो धातुको मूल्य तोलामा  एक हजार एक