महासंघको वस्तुगततर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन् । अञ्जनले ६२ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले ३७ मत मात्र प्राप्त गरे । अञ्जन वरिष्ठ उपाध्यक्षका उमेदवार किशोर प्रधान प्यानलका हुन् । यसैगरी महासंघको वस्तुगततर्फको केन्द्रीय सदस्यको मत परिणाम पनि सार्वजनिक भएको छ ।

मत परिणमअनुसार अरनिको राजभण्डारी, आकाश अधिकारी, गोविन्द ढुंगेल, नरेशलाल श्रेष्ठ विजयी भएका छन् । यस्तै प्रकाशसिंह कार्की, भक्तबहादुर हमाल, मनीषलाल प्रधान, मीनमान श्रेष्ठ, विष्णुप्रसाद गैरे, सन्दीपकुमार अग्रवाल, सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् । यसैगरी सुबोध कुमार गुप्ता, सुमितकुमार केडिया र हेमराज ढकाल निर्वाचित भएका छन् ।

वस्तुगततर्फका उपाध्यक्षका उमेदवार अन्जन श्रेष्ठको प्यानलबाट निर्वाचित सदस्यहरुमा अरनिको राजभण्डारी, गोविन्द ढुंगेल, मनीषलाल प्रधान, मीनमान श्रेष्ठ, विष्णुप्रसाद गैरे, सन्दीपकुमार अग्रवाल र सुकुन्तलाल हिराचन रहेका छन् ।

यस्तै वस्तुगततर्फकै उपाध्यक्षका उमेदवार उमेशलाल श्रेष्ठको प्यानलबाट केन्द्रीय समितिमा निर्वाचित हुनेहरुमा आकाश अधिकारी, नरेशलाल श्रेष्ठ, प्रकाशसिंह कार्की, भक्तबहादुर हमाल, सुबोधकुमार गुप्ता, सुमितकुमार केडिया र हेमराज ढकाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागलुङको रायडाँडाका किसान रायोको साग बेचेर लखपति बन्दै

बागलुङ । गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन् । गाउँबाट बजार

सहकारीमा जनताका पैसा फसेपछि घरजग्गा कारोबारमा नराम्रो प्रभाव, बढ्न सकेन कारोबार

नारायण ढुंगाना, काठमाडौँ । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए पनि

बागलुङको कोदोको बिस्कुट लोकप्रिय बन्दै

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएको कोदोको बिस्कुट छोटो समयमै उपभोक्ताको

बागलुङमा सुन्तला खेतीप्रति आकर्षण बढ्दै, यसवर्ष १८ करोडको बिक्री

  ढोरपाटन (बागलुङ) ।  पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ