ट्राफिक प्रहरी कार्यालय कास्कीको परिसरमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबारदेखि कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी प्रभू प्रसाद ढकाल र कास्की जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी जीवनकुमार श्रेष्ठले संयुक्तरुपमा बैंकको एक्सटेन्सन काउण्टरको उद्घाटन गरेका छन् ।

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै कास्की जिल्ला, पोखरा महानगरपालिका– ९, नयाँबजारस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । बैंकले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सेवा लिने सेवाग्राहीलगायत अन्य ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखासहित २३९ एटिएम, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २३१ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २१ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

  काठमाडौँ । स्थानीय बजारमा शुक्रबार पहेँलो धातुको मूल्य तोलामा  एक हजार एक

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी। बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर

सरकारले निर्माण व्यवसायीको झण्डै ५० अर्ब भुक्तानी गर्न बाँकी

काठमाडौँ । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई चुस्त र प्रभावकारी बनाउने भएको

अर्थमन्त्रीसँग राष्ट्रसङ्घको सहायक महासचिवद्वारा भेट

काठमाडौं । संयुक्त राष्ट्रसंघका सहायक महासचिव एवम् राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का एसिया