डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घट्यो



काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट बिहीबार (१ अक्टोबर २०२०) मा प्राप्त खरिद मूल्यअनुसार निगमको बैठकले मध्यरातिदेखि लागू हुने गरी डिजेल र मटितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

नयाँ मूल्यअनुसार अब डिजेल र मटितेल प्रतिलिटर ८९ रुपैयाँ निर्धारण भएको छ । पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ । इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको खरिद मूल्यमा केही बढेर आएपनि निगमले हाललाई यथावत् राखेको प्रवक्ता विनितमणि उपाध्यायले विज्ञप्तिमार्फत जनाएका छन् ।

उनका अनुसार मूल्य समायोजनपछि पनि भारतीय सीमा रक्सौलसँग जोडिएको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर २८ रुपैयाँ ७५ पैसा र डिजेल ३४ रुपैयाँ ७७ पैसा नेपालतर्फ सस्तो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनको पहिलो दिन दुई सम्झौतामा हस्ताक्षर

  काठमाडौँ । नेपाल सरकारको आयोजनामा काठमाडौँमा भइरहेको तेस्रो लगानी सम्मेलनको उद्घाटन र

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र अवसर छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना

प्रधानमन्त्रीद्वारा देशकै सर्वाधिक ठूलो विद्युत् सबस्टेसन उद्घाटन

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजधानीको चन्द्रागीरि नगरपालिका–८ स्थित हालसम्म देशकै

इजरायलमा मर्मत गरेर ल्याइयो निगमको जहाज

  काठमाडौँ । नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज इजरायलमा मर्मत गराएर काठमाडौँ