क्लिनफिड सम्बन्धी समाचार तथा टिप्पणीप्रति विज्ञापन संघको ध्यानाकर्षण



काठमाडौं । नेपाल विज्ञापन संघ (आन) ले क्लिनफिड सम्बन्धी समाचार तथा टिप्पणी बदनियतपूर्ण रहेको जनाएको छ । विज्ञप्ति जारी गरी संघले केही समयदेखि विभिन्न सञ्चारमाध्यमहरुमा क्लिन फिडका विषयमा सार्वजनिक भएका समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

“नेपाल सरकारको निर्णय सहित र संसदबाट पारित भइ राष्ट्रपतिबाट प्रमाणीकरण भएर नेपाल राजपत्र खण्ड ६९ अतिरिक्ताङक १५ मिति २०७६ कार्तिक ८ गते प्रकाशित भइ कानुनी रुपमा अगाडि बढीसकेको विज्ञापन विधेयकको परिच्छेद २ को दफा ६ उपदफा २ मा स्पष्टरुपमा क्लिन फिडका विषयमा उल्लेख भएका विषयभन्दा फरक खालका धारणाहरु सार्वजनिक हुनु आफैंमा विरोधाभाष छ,“ जारी विज्ञप्तीमा भनिएको छ ।

यस्ता विषयमा आमसञ्चार माध्यममा आएका समाचार तथा टिप्पणिहरु बदनियतपूर्ण छन् भन्ने नेपाल विज्ञापन संघको ठहर छ । विज्ञापन बोर्ड गठन तथा विज्ञापन नियमन गर्न बनेको विधेयकको कार्यविधि बनाएर सम्बन्धित मन्त्रालयले अगाडि बढाउने कुरामा संघ विश्वस्त रहेको जनाइएको छ ।

साथै क्लिन फिडको समयाबधि २०७७ कात्तिक ७ गते समाप्त हुने भएकोले समयमै लागु हुने विषयमा पनि संघलाई कुनै दुविधा नरहेको जनाएको छ । विधेयकमार्फत कानुनी रुपमा अगाडि बढिसकेको क्लिनफिड तोकिएकै मिति २०७७ कात्तिक ८ गतेदेखि लागू गर्न सम्बन्धित मन्त्रालय एवं नेपाल सरकारसँग संघले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले निर्माण व्यवसायीको झण्डै ५० अर्ब भुक्तानी गर्न बाँकी

काठमाडौँ । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई चुस्त र प्रभावकारी बनाउने भएको

अर्थमन्त्रीसँग राष्ट्रसङ्घको सहायक महासचिवद्वारा भेट

काठमाडौं । संयुक्त राष्ट्रसंघका सहायक महासचिव एवम् राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का एसिया

शेयर बजारमा ७ अंकको गिरावट

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्सेम गिरावट आएको

पर्यटक आगमनमा १२ प्रतिशतले बृद्धि, सबैभन्दा बढी भारतीय

काठमाडौँ ।  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले बढेको छ ।