शून्य ब्यालेन्स भएका ग्राहकलाई एक सातासम्म फोन, एसएमएस र इन्टरनेटको सुविधा



काठमाडौं । मोबाइलमा पैसा सकिएकाहरुको लागि नेपाल टेलिकमले सित्तैको सेवा उपलब्ध गराउने भएको छ ।

लकडाउनको कारण रिचार्ज कार्ड किन्न नपाएका या विद्युतीय भुक्तानीमार्फत कुरा गर्न र ईन्टरनेट चलाउन नपाएकाहरुलाई टेलिकमले निःशुल्क सेवा दिन लागेको हो ।

ब्यालेन्स शून्य भएको र पटक-पटक अरुसँग कुरा गर्न खोजेका सिमकार्ड पत्ता लगाएर टेलिकमले शन्देश पठाउनेछ । आवश्यक प्रक्रिया पूरा गरेपछि निःशुल्क सेवा सुरु हुनेछ ।

यो सुविधा वैशाख ८ गते राति १२ बजेबाट लागु हुनेछ । जिरो ब्यालेन्स भएको अवस्थामा उपभोक्ताले नेपाल टेलिकमको नेटवर्कभित्रै २५ वटा एसएमएस पठाउन सक्नेछन् भने ५० मिनेट टेलिफोन कुरा गर्न पाउनेछन् । यसैगरी १ सय एमबी डाटा पनि प्रयोग गर्न पाउनेछन् । उल्लेखित प्याकेजको अवधि ७ दिनको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्वतमा यसवर्ष आलु उत्पादन वृद्धि हुने अनुमान

पर्वत । आलु खेतीको क्षेत्रफल विस्तारसँगै अनुकूल मौसमका कारण यस वर्ष जिल्लामा आलु

रोङका एक सय २१ किसान ‘गुरु किसान’ लाई अभिमुखीकरण तालिम

इलाम । रोङ गाउँपालिकाले एक सय २१ जनालाई ‘गुरु किसान’का रूपमा छनोट गरेर

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको