शेयर बजारमा सानो पूँजीलाई पनि स्थान छः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजार पूँजीपतिहरुले कारोबार गर्ने थलो मात्र नभएको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा ‘धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयक २०७६’ माथिको छलफलका क्रममा खतिवडाले शेयर बजारमा सानो पूँजीलाई समेत स्थान दिइएकोले सीमित पूँजीपतिहरुको मात्रै कारोबार गर्ने थलोको रुपमा नबुझ्न आग्रह गरेका हुन् ।

उनले नेपालको धितोपत्र बजारमा १५/१६ लाख भन्दा बढीको सहभागिता रहेको र सानो पूँजीबाट समेत शेयर खरिद गर्न सकिने व्यवस्था गरिएकाले पूँजीबजार सबैको भएको बताए ।

उनले प्रस्तावित विधेयक पूँजी बजारको नियमनका लागि नियामक निकायलाई थप स्वायत्त र बलियो बनाउने गरी ल्याइएको समेत बताए । उनले भने, ‘नियमनलाई बजारको सिद्धान्त अुनुसार धितोपत्र बजारलाई प्रतिस्पर्धात्मक पारदर्शी र कानूनसम्बत तुल्याउँदै लैजान नियमनकारी निकायको भूमिकालाई बलियो बनाउन, स्वायत्त संस्थाको रुपमा विकास गर्न र यो नियमनकारी निकाय आफैलाई जवाफदेही बनाउन र यसको क्षमता विकास गर्नको लागि नै यो विधेयक प्रस्तुत भएको छ । मुलतः यसको उद्येश्य नियमनलाई प्रभावकारी बनाउने हो संपूर्ण प्रणालीलाई नियन्त्रण गर्ने होइन व्यवस्थित मात्रै गर्ने हो ।’

उलने कम्पनीको वित्तिय अवस्था, भावी आंकलन र सरकारका नीतिहरु हेरेर शेयरमा कारोबार गर्नुपर्ने बताए । कोरोना भाइरसका कारण पनि शेयर बाजरमा उथलपुथल देखिएको उल्लेख गर्दे खतिवडाले अल्पकालिन प्रवृतिबाट जोगिएर शेयर कारोबार गर्नुपर्ने बताए ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद राजेन्द्रकुमार केसीले पूँजी परिचालन गर्ने अस्त्रको रुपमा शेयर बजारलाई लिइने भएकाले यसको सुरक्षाका लागि थप व्यवस्था गर्नुपर्ने बताए । नियमक निकायलाई कर लगाउन हुन्न भन्ने विश्वव्यापी मान्यता अनुसार कर नलगाउन उनले आग्रह गरे ।

नेकपाकी सांसद रामकुमारी झाँक्रीले बजारमा भएका नकारात्मक खेलहरुलाई नियन्त्रण गर्ने निकायका रुपमा धितोपत्र वोर्ड नै भएकाले यसलाई बलियो बनाउनुपर्ने बताइन् । पूँजीवादी दुनियाँमा बजार अर्थतन्त्रलाई स्वीकार गर्दा पूँजी निर्माणको महत्वपूर्ण अधार शेयरबजारलाई व्यवस्थित गर्नुपर्ने उनको भनाई थियो ।

सांसद शेरबहादुर तामाङले निष्कृय रहेको पूँजी बजारमा ल्याउनका लागि शेयर बजारले सहयोग गर्ने बताए । सांसद गजेन्द्रबहादुर महतले जनतासँग निष्कृय भएर बसेको पैसा नयाँ उद्योग कलकारखाना स्थापना गर्न प्रयोग हुनुपर्नेमा शेयर कारोबारमा मात्र सीमित भएको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा

मान्म । कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका-३ फोइमहादेव गाउँमा रहेको छ