कैलाशलाई गाभेर प्राइम बैंकले शुरु गर्यो एकीकृत कारोवार



काठमाडौं । पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाले गाभ्ने तथा गाभिने प्रक्रियालाई निरन्तरता दिएका छन् । सोही क्रममा बिहीबारदेखि प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभेर एकीकृत कारोवार शुरु गरेको छ । गत असारमा भएको सम्झौताबमोजिम प्राइमले कैलाशलाई गाभेर एकीकृत कारोवार थालेको हो ।

प्राइमका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले एकीकृत कारोवार शुरु भएको घोषणा गरेका थिए । कार्यक्रममा दुवै संस्थाका सञ्चालक समितिका अध्यक्ष, सदस्य र कर्मचारीको सहभागिता थियो । कैलाशको १०० कित्ता शेयर बराबर प्राइमको ९४ कित्ता शेयर रहने गरी समझदारी भएको थियो ।

नेपाल राष्ट्र बैंकले फागुन १८ गते प्राइमलाई एकीकृत कारोवार गर्न स्वीकृति दिएको थियो । कैलाशको प्राप्तिपश्चात् प्राइमको कूल चुक्ता पूँजी १३ अर्ब ९७ करोड पुगेको छ । यस्तै कूल निक्षेप एक खर्ब ३० अर्ब, ऋण लगानी एक खर्ब १५ अर्ब पुगेको छ । यसैगरी शाखा सङ्ख्या १९९ र कर्मचारी सङ्ख्या एक हजार ५०० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीमा ५० हजार बढी खसीबोका निर्यात हुँदा ६० करोड आम्दानी

कर्णाली । कर्णाली प्रदेशबाट यो वर्ष दसैंको लागि ५० हजार खसीबोका र भेडाच्याङ्ग्रा

चितवनको सौराहा पर्यटकको पर्खाइमा

चितवन । दसैँको मुखमा सौराहाका ६५ हात्तीले दैनिक चार पटक पर्यटकलाई वन घुमाउँदा

दसैँ–तिहारसँगै फेवा तालमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो

पोखरा । वर्षायाम सकिएसँगै फेवातालका डुङ्गा व्यवसायीहरू व्यस्त हुन थालेका छन् । आन्तरिक

राष्ट्र बैंकद्वारा ‘मनिचेन्जर’को नयाँ इजाजत बन्द

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्को व्यवस्था नभएसम्मका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा