अर्थविद भन्छन् -पहुँचवालाका कारण अर्थतन्त्र संकटमा



काठमाडौं । अर्थविद्हरुले पहुँचवालाहरुले जुनसुकै समयमा योजना फेरिदिने र भुक्तानी लिने प्रवृतिले गर्दा अर्थतन्त्र संकटमा रहेको बताएका छन् । संसदको अर्थ समितिको बुधबारको बैठकमा अर्थविद्हरुले बजेट निर्माण गर्नुभन्दा अघि दौडधुप हुने र बजेटपछि पनि पहुँचवालाहरुले योजना फेरिदिने प्रवृतिले अर्थतन्त्र संकटमा परेको बताएका हुन् ।

अर्थविद् डा. कृष्णराज पन्तले पहुँच हुनेहरुले मनलाग्ने वितिक्कै वर्षको बीचमै योजना फेरिदिने तथा बजेट निर्माणका समयमा पनि आफ्नो परियोजना समावेश गर्न दौढधुप गर्ने प्रवृतिले बजेट खर्चमा समस्या हुने गरेको बताए ।

उनले मन्त्रीले आफ्नो अनुकुलको योजनाहरु बनाउने र योजनाको सहि मूल्याङ्कन नहुँदा बजेट खर्च कम हुने अवस्था आएको बताए । अर्थविद् डा. डिल्लीराज खनालले सरकारले खर्चगर्नका लागि आम्दानीको स्रोत आर्थिक वर्षको सुरुदेखि नै खोज्नुपर्ने बताए ।

उनले वर्षको अन्त्यमा राजश्व संकलन बढाउने र भुक्तानी दिने खालको प्रवृति हटाउनुपर्ने बताए । अर्थविद् विश्वम्भर प्याकुरेलले सन् २०१५/१६ मा ५५ प्रतिशत भएको पूँजीगत खर्च गत वर्ष घटेर ३८ प्रतिशतमा झरेको भन्दै सरकारले बजेट खर्च बढाउन नसकेको बताए । उनले यस वर्षको छ महिनामा १० प्रतिशत मात्र पूँजीगत खर्च हुने अवस्था आएको भन्दै यस्तो अवस्थामा सुधार ल्याउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

आर्थिक गतिविधिमा आएको समस्याका कारण बैंकिङ प्रणालीको कर्जा असुली दबाबमाः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको २०८० साल

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

बजेटमा कर्णाली प्रदेशलाई विशेष प्राथमिकतामा राख्न अर्थमन्त्रीसँग मुख्यमन्त्री कँडलको माग

  काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान