अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सहयोग अपरिहार्यः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको अर्थतन्त्रको सुधारका लागि सरकारले काम गरिरहेकाले निजी क्षेत्रको सहयोग अपरिहार्य भएको बताएका छन् ।

नेपाल भारत उद्योग वाणिज्य संघको २५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले निजी क्षेत्रलाई उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन आग्रह गरे ।

उनले सरकारले लगानीको वातावरण निर्माण गर्नका लागि विभिन्न नीतिगत सुधार गरिसकेको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरे । उनले भारतीय लगानी भित्र्याउनका लागि नेपाल भारत उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भन्दै विकास निर्माण, पर्यटन प्रवद्र्धन तथा कृषि उत्पादनलाई तिब्रता दिन पनि वैदेशिक लगानी आवस्यक रहेको बताए ।

उनले विदेशी लगानीकर्ताले सजिलै नाफा लैजान पाउने तथा एकद्धार प्रणाली मार्फत सेवा पाउने व्यवस्था सरकारले गरेकाले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे ।

कार्यक्रममा भारतीय राजदूत मन्जीव सिंह पुरीले नेपाल जनसंख्याको हिसाबले सानो मुलुक भएपनि बजारको हिसाबले ठुलो रहेको बताए । नेपाल भारत र चीनको बीचमा रहेकाले वस्तु उत्पादन गरी निर्यात गर्न सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहरी विकास मन्त्रालयका लागि एक खर्ब १८ अर्ब ३४ करोड विनियोजन

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ मा सहरी विकास मन्त्रालयका लागि एक खर्ब

जलाशययुक्त आयोजना प्राथमिकतामा

काठमाडौँ । सरकारले मुलुकको ऊर्जा जलस्रोत क्षेत्रको सार्थक उन्नयनका लागि आगामी आर्थिक वर्षका

बजेटमा निजी क्षेत्रलाई प्राथमिकताः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्योग वाणिज्य महासंघले निजी

बजेटमार्फत के–के भयो करमा हेरफेर ?

काठमाडौँ । सरकारले आज आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट सार्वजनिक गर्दै