नेपाल टेलिकमले ल्यायाे अफर : ‘आफन्तलाई उपहार, सम्बन्ध सदाबहार’



काठमाण्डौ ।  नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राख्दै भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ ।

यो सुविधा अन्तर्गत निश्चित दिनका लागि भ्वाइस वा डाटा सेवा साथीभाइ वा आफन्तलाई उपहारका रुपमा प्रदान गर्न सकिन्छ । यो सेवा उपयोग गर्नका लागि सर्वप्रथम नेपाल टेलिकमको ‘एप’ आफ्नो मोबाइलमा डाउनलोड गर्नुपर्छ ।

एण्ड्रोइड मोबाइल प्रयोगकर्ताले ‘प्ले स्टोर’ र आइफोन प्रयोगकर्ताले ‘एप स्टोर’मा गइ नेपाल टेलिकमको लोगो अंकित एप डाउनलोड गर्न सकिन्छ । डाउनलोड गरेपछि ‘रजिस्टर’मा क्लिक गर्नुपर्छ । एपले मागेअनुसार प्रयोगकर्ताको नाम, मोबाइल नम्बर, पासवर्ड लगायत विवरण राखेपछि लग इन हुन्छ ।

त्यसपछि मोबाइलमा तत्कालै सन्देशका रुपमा एक पटकका लागि कोड नम्बर आउँछ । त्यो कोड नम्बर हालेर नेपाल टेलिकमको एप प्रयोग गर्न सकिन्छ ।

यही एपमार्फत प्रयोगकर्ताले आफन्त वा साथीभाइलाई कुराकानी गर्ने वा इन्टरनेट चलाउने समय उपहारका रुपमा प्रदान गर्न सक्नेछन् । इन्टरनेट चलाउने डाटा सेवा उपहारस्वरुप दिन चाहनुहुन्छ भने एप खोलेर ‘गिफ्ट प्याकेज्स’मा क्लिक गर्नुपर्छ ।

त्यसपछि डाटा लेखिएको एपमा गएर जम्मा १२ रुपैयाँमा २४ घण्टासम्म २८ एमबी डाटा चलाउन सकिन्छ, ३० रुपैयाँमा ३ दिन चलाउन मिल्ने ९० एमबी, ६० रुपैयाँमा ७ दिनको लागि १९० एमबी, १०० रुपैयाँमा ५०० एमबी र २४० रुपैयाँमा २८ दिन चलाउन सकिने १५०० एमबी डाटा गिफ्ट गर्न सकिन्छ ।

कति एमबीको डाटा उपहार दिने हो, निश्चित गरेपछि ‘क्लिक टु सब्सक्राइब’ लेखिएको ठाउँमा क्लिक गरी दिन चाहेको मोबाइल नम्बर लेखेर ओके गर्नुपर्छ । प्रिपेड तथा पोस्टपेड मोबाइलका प्रयोगकर्ताले यो सुविधा लिनसक्नेछन् ।

साथै यही एपको गिफ्ट प्याकेज्समा गइ ‘भ्वाइस क्लिक’ गरी २५ रुपैयाँको ४० मिनेट कुरा गर्न सकिने १ दिने प्याकेज उपहार दिन सकिन्छ । सात दिनसम्म १९० मिनेट कुरा गर्न सकिने प्याकेज उपहार दिने हो भने १०० रुपैयाँ लाग्छ । त्यस्तै २४० रुपैयाँमा २८ दिनसम्म ४९० मिनेट कुरा गर्न सकिने प्याकेज पनि उपहार दिन सकिन्छ ।

५ सयमा ४२ दिनसम्म प्रयोग गर्न सकिने १ हजार १ सय मिनेट गिफ्ट गर्न पनि सकिन्छ । यसैगरी http://offer.ntc.net.np/ मा गएर पनि आफूले चाहे बमोजिमका प्याकेजहरु साथीभाइ र आफन्तलाई उपहारका रुपमा प्रदान गर्न सकिन्छ ।

यस योजनामा गिफ्ट दिनेको मोबाइल ब्यालेन्सबाट रकम काटिने टेलिकमले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटमार्फत के–के भयो करमा हेरफेर ?

काठमाडौँ । सरकारले आज आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट सार्वजनिक गर्दै

श्रम र रोजगार क्षेत्रको बजेट झण्डै आधाले घट्यो

काठमाडौं। सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि बजेट घटाएको छ। चालु

सरकारले आगामी आर्थिक वर्षका लागि ल्यायो १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट(पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि १९ खर्ब ६४ अर्ब

बढेन सरकारी कर्मचारीको तलब, ५ हजार महंगी भत्ता

काठमाडौं । सरकारले सरकारी कर्मचारीको महँगी भत्ता ५ हजार बढाएको छ । बिहीबार