पेट्रोल र डिजेलमा दुई/दुई रुपैयाँ मूल्य वृद्धि



काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्यवृद्धि गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दासमेत गत चार महिनायता मूल्य समायोजन नगरेको निगमले सोमबार वृद्धि गरेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।

उनले आफूहरुले दशैँ, तिहार छठलगायत चाडपर्वका अवसरमा अन्तर्राष्ट्रिय जगतमा मूल्य वृद्धि भए पनि पुरानै मूल्य कायम गरिएको बताउँदै नयाँ मूल्यदरबाट हाल भारतीय सीमामा प्रतिलिटर २० मूल्यान्तर रहेकामा १८ रुपैयाा मूल्यान्तर हुने जनाए । हाल पेट्रोलका प्रतिलिटर १०७ रुपैयाँ र डिजेल ९५ रुपैयाँ थियो । उक्त मूल्य गत साउन २२ गते निर्धारण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राहुघाट जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिन निर्देशन

म्याग्दी । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको उच्चस्तरीय टोलीले नेपाल विद्युत् प्राधिकरणको सहायक

प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण

घोराही (दाङ) । यहाँको एक सामुदायिक वन र उपभोक्ता समूहले वन क्षेत्रमा खेर

‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान

झापा । झापाको शिवसताक्षी नगरपालिका–२ मा ‘नेक ब्लास्ट’ रोगका कारण बर्खे धान पाक्न

एक तोला सुनको मूल्य एक लाख ८८ हजार ८ सय रुपैयाँ

काठमाडौँ । गत शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।