३२ जिल्लामा नेपाल टेलिकमको ‘फोरजी सेवा’ सुरु



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास, निर्माणको काममा अलमल नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाल टेलिकमको अप्टिकल फाईबर बिछ्याउने काममा ढिलाई गरे सैह्य नहुने चेतावनी पनि दिनु भयो ।

बुधबार ३२ जिल्लामा नेपाल टेलिकमको ‘फोरजी सेवा’ एकैसाथ शुभारम्भ गर्दै उनले समयमा काम सम्पन्न नगरेर जनतालाई सेवाबाट बञ्चित गराउन नपाईने बताए ।

प्रधानमन्त्री ओलीले फोरजी सेवाको ३२ जिल्लामा एकैसाथ शुभारम्भ गरेर मुलुकको विकासमा प्रविधिको प्रयोग र उपयोग गर्न सरकार सफल भएको दावी पनि गरे ।

उनले मुलुकको विकासका लागि प्रविधिको प्रयोग सफल र उपयोगी भएको पनि स्पष्ट पारे । प्रविधिको हस्तान्तरणको माध्यमबाट मुलुकको विकास, निर्माणको काममा योगदान पुर्याउन पनि सम्वद्ध सबैले योगदान दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले नेपाल टेलिकमलाई आफ्ना परियोजनाहरुको काम समयमै सम्पन्न गराउने काममा केन्द्रित हुन पनि निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बुद्धको सन्देश विश्वभर फैलाउनु आवश्क छ : पर्यटनमन्त्री पाण्डे

भक्तपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्धको सन्देश विश्वभर फैलाउनु आवश्यक भएको

स्टार्ट अप सरकारको लोकप्रिय कार्यक्रम बन्छः उद्योगमन्त्री भण्डारी

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवा उद्यमी तथा नवप्रवर्तकका लागि ‘स्टार्ट

निर्वाचन कानुन तथा आचारसंहिताविपरीत सवारीसाधन प्रयोग नगर्न आग्रह

काठमाडौं  । निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन

प्रधानमन्त्रीको प्रश्नः राष्ट्रिय गौरवका आयोजनालाई गति दिन के-के गर्न सकिन्छ ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कामको गतिलाई तीव्रता दिने