पुसभित्र सबै स्थानीय तहमा बैंकः अर्थमन्त्री



काभ्रे । अर्थमन्त्री डा युवराज खतिवडाले आउँदो पुस मसान्तभित्र मुलुकका सबे स्थानीय तहमा बैंकिङ सेवा पुग्ने बताएका छन् । पनौती नगरपालिका–४ स्थित अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बैंकिङ सेवा पु¥याउन बाँकी १७ स्थानीय तहमा पुस मसान्तभित्र स्थापना गरिने बताए ।

विसं १९९४ देखि २०७४ सालसम्म मुलुकमा पाँच हजार बैंक शाखा रहेकामा वर्तमान सरकारले नौ हजार ८५० पुर्याएको उनले जानकारी गराए । मन्त्री खतिवडाले बैंक, लद्युवित्त सहकारी, जुनसुकै वित्तीय संस्थालाई मात्रात्मकबाट गुणात्मकतामा लैजानुपर्नेमा जोड दिए ।

१० वर्षसम्म सञ्चालन भई १० वटा पनि शाखा विस्तार गर्न नसक्ने बैंकले ग्रामीण भेगका जनतालाई सेवा दिन नसक्ने भएकाले तिनीहरुको औचित्य नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा राख्न कांग्रेसलाई चेम्बरको सुझाव

काठमाडौं ।  निजी क्षेत्रको संस्था नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८२–८३

१४ अंकले घट्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।

१४ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । सोमबार सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले गिरावट देखिएको छ

उपल्लो मुस्ताङ जोड्ने ३३ केभी प्रशारणलाइन निर्माण धमाधम

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा ३३ केभी प्रशारणलाइन विस्तार तीव्रगतिमा अघि बढेको छ