मुरलीधरको नयाँ गीत सार्वजनिक



काठमाडौँ । ‘उडायो सपना सबै हुरीले’ बोलको गीतका गायक मुरलीधरको ‘छट्पटिएको त्यो दिन फेरि किन याद आयो’बोलको नयाँ गजल गीत र भिडियो सार्वजनिक भएको छ ।

गायक मुरलीधरको नयाँ गजल गीतमा सुनिल मास्केको शब्द र सङ्गीत रहेको छ । एक पङ्क्ति स्थायी भएको यो गीत सङ्गीतको क्षेत्रमा वीरलै प्रयोग हुने गरेको गीतकार मास्केले जानकारी दिए ।

प्रदीप श्रेष्ठको ‘एरेन्ज’ रहेको गीतलाई किशोर थापाले ‘मिक्सिङ’ र ‘मास्टरिङ’ गरेका छन् ।
गायक मुरलीधर र प्रिया गोलेले अभिनय गरेको भिडियोको दीपक गिरीले छायाङ्कन गरेका छन् भने युवराज वाइबाले निर्देशन गरेका छन् ।

गजलप्रति टिप्पणी गर्दै गीतकार शङ्कर कोइरालाले शब्दमा नयाँ प्रयोग र एक पङ्क्तिको यस गीतले उडायो सपना सबै हुरीले भन्ने गजललाई पुनः स्मरण गराएको बताए । उनले रचना, गायन र सङ्गीतका दृष्टिले यो उत्कृष्ट भनेका छन् ।

गायक मुरलीधरले उत्कृष्ट शब्द सङ्गीत तथा थोरै शब्दको गीत सुन्दर रहेको टिप्पणी गरे । यो गीत एस म्युजिकले युट्युबमा पनि राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

मण्डलामा ‘मञ्जिरा’ को मञ्चन

काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन सुरु भएको छ

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत