‘जेरी अन टप’को छायाँकन पूरा



काठमाडौं । अनन्या फिल्मस् प्रालिको मल्टिस्टारर फिल्म ‘जेरी अन टप’को छायाँकन पूरा भएको छ । सोमबार हिमालपारीको जिल्ला मुस्ताङमा फिल्मको छायाँकन सम्पन्न गरेर कलाकारसहितको निर्माण टिम काठमाडौं फर्किएको छ । यो फिल्ममा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ र केदार घिमिरे ‘माग्ने बुढा’को प्रमुख भूमिकामा अभिनय छ ।

‘फिल्ममा समावेश हुने दुई गीत बाहेकका सम्पूर्ण दृश्य छायाँकन सकेर फर्केको निर्माता सरोज न्यौपानेले जानकारी दिए । अभिनेता भुवन केसी, अभिनेत्री सुरक्षा पन्त र उषा खड्की पनि यो फिल्ममा छन् । अनमोल पिता अभिनेता भुवन केसीले ‘जेरी अन टप’मा पनि अनमोलको बुवाकै भूमिका निभाएका छन् ।

कलाकारको लाइनअपदेखि छायाँकनसम्म पुग्दा फिल्मको बजेट झण्डै ६ करोड पुगेको निर्माता न्यौपानेले बताए । गत सातामात्रै यो फिल्मको अन्तर्राष्ट्रिय वितरण तथा प्रदर्शन अधिकार बिक्री भएको थियो ।

हङकङमा स्थापना भएको एलजी एसोसिएट्सले ३ करोडभन्दा बढी एमजी (मिनिमम ग्यारेन्टी) मा ‘जेरी अन टप’को विदेश राइट्स खरिद गरेको बताइएको छ । फिल्ममा समावेश हुने एक गीत नेपालमा र एक गीत भारतका छायाँकन गरिने निर्माण टिमले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतीय अभिनेत्री नोरा फतेही नेपाल आउँदै

काठमाडौँ । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही नेपाल आउने भएक छन् ।

बबरमहलमा पाँच महिला कलाकारको संयुक्त कला प्रदर्शनी

काठमाडौँ । बबरमहलस्थित नेपाल कला परिषदमा पाँच महिला कलाकारले संयुक्त कला प्रदर्शनी सुरु

‘नाच पुतली’मा आश्मा र चाहनाको नृत्य

काठमाडौं । नेपाली फिल्म ‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक भएको छ । गीत

रामकृष्ण ढकालको नयाँ वर्षको पूर्वसन्ध्यामा साङ्गीतिक प्रस्तुति दिने

काठमाडौँ । गायक रामकृष्ण ढकालले नयाँ वर्षलाई लक्षित गर्दै साङ्गीतिक प्रस्तुति दिने भएका