गौमाया गुरुङ ‘अभिमन्यु’मा अनुबन्धित



काठमाडौं । फिल्म ‘अभिमन्यु’का लागि कलाकार छनोट सुरु भएको छ । निर्माणपक्षले फिल्मका कलाकारको नाम सार्वजनिक गर्न सुरु गरेको छ ।

‘अभिमन्यु’मा पहिलो कलाकारका रूपमा गौमाया गुरुङ अनुबन्ध भएकी छन् । निर्माण पक्षले गुरुङ आफ्नो फिल्ममा अनुबन्ध भएको जानकारी दिएको छ । निर्माता विनोद पौडेलले फिल्मका लागि कलाकार छनोट सुरु गरेको जानकारी दिए ।

‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माता पौडेलले ‘अभिमन्यु’ निर्माण गर्न लागेका हुन् । ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुनेछ । फिल्मको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्नेछ ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने फिल्ममा सुशान्त गौतमको निर्देशन हुनेछ । यो उनको डेव्यु निर्देशकीय फिल्म हो ।

मुकेश खनालको लेखन रहेको फिल्मको क्रियटिभ निर्देशक मदन थापा हुन् । थापाले यसअघि फिल्म ‘बाटोः रोड टु डेथ’ निर्देशन गरेका थिए । फिल्ममा शरद महतोको डिओपी रहने छ । विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्ममा रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतीय अभिनेत्री नोरा फतेही नेपाल आउँदै

काठमाडौँ । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही नेपाल आउने भएक छन् ।

बबरमहलमा पाँच महिला कलाकारको संयुक्त कला प्रदर्शनी

काठमाडौँ । बबरमहलस्थित नेपाल कला परिषदमा पाँच महिला कलाकारले संयुक्त कला प्रदर्शनी सुरु

‘नाच पुतली’मा आश्मा र चाहनाको नृत्य

काठमाडौं । नेपाली फिल्म ‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक भएको छ । गीत

रामकृष्ण ढकालको नयाँ वर्षको पूर्वसन्ध्यामा साङ्गीतिक प्रस्तुति दिने

काठमाडौँ । गायक रामकृष्ण ढकालले नयाँ वर्षलाई लक्षित गर्दै साङ्गीतिक प्रस्तुति दिने भएका