‘माग्ने राजा’ तीजमा आउने
काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ । सोमबार केदार घिमिरेले सामाजिक संजालमार्फत फिल्म आगामी हरितालिका तीजमा आउने जानकारी दिएका हुन् ।
उनले भनेका छन्, ‘चलचित्र ‘माग्ने राजा’ हरितालिका तीज –२०८२ ,सिनेमाघरहरुमा आशीर्वाद दिनुहोला !’ फिल्ममा माग्ने बुढा, आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई, पवित्रा साँखी र शिशिर बाङ्देलको अभिनय छ । फिल्मको निर्देशन ऋषि लामिछानेले गर्नेछन् ।